जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका १ थुनुवाको मृत्यु भएको छ । लागुऔषध मुद्दामा थुनुवा रहेका रविन थापा बिसुङ्खेको शुक्रबार राति १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।
सिन्धुली कमलामाई नगरपालिका ५ घर भएका २८ वर्षीय थापा ६१ दिन अघिबाट कास्की प्रहरीको थुनामा थिए । २५ सेट लागुऔषधसहित थापा पक्राउ गरेको कार्की जानकारी दिए ।
पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा थापाको मृत्यु भएको हो । अहिले स्वाथ्य विज्ञान प्रतिष्ठानमा शव राखिएको छ । थापाको आफन्त सम्पर्कमा आएपछि मात्र उनको शव बुझाउने, पोस्मार्टम गर्ने लगायतको काम हुनेछ ।

Related