• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराको फुटपाथ खालि नगरे ५० हजारसम्मको जरिवाना गर्ने

  •      /१७ कार्तिक २०७६, आईतवार ०९:१८ ,  प्रकाशीत
  • पोखराका मुख्य बजार क्षेत्रमा फुटपाथलाई अतिक्रमण गरी व्यपार व्यवसायी गर्न थालेसंगै महानगरले उनीहरुलाई नियन्त्रण गर्ने अभियान सुरु गरेको छ ।

    पोखरा महानगरले पहिलो चरणमा फुटपाथमा व्यवसाय एंव व्यापार गर्नेहरुलाई एक हप्ताको समय अवधि दिदै पत्र दिन सुरु गरेको हो । दोश्रो र तेश्रो पटकसम्म पनि फुटपाथबाट व्यापार तथा व्यवसाय नहटाएमा ५० हजारसम्मको जरिवाना गर्ने चेतावनी महानगरले दिएको छ ।

    पोखराको महेन्द्रपुल, चिप्लेढुंगा, पालिखेचोक, सिद्धार्थचोक, न्युरोड, पृथ्वीचोक, सिर्जनाचोक, सभागृहचोक, बिरौटा, बगर, अम्मरसिंहचोक लगायतका बजार क्षेत्रमा व्यापार व्यवसाय गर्नेहरुले फुटपाथ अतिक्रमण गरेको पाइएपछि त्यसलाई हटाउन महानगरले सात दिने अल्टिमेट दिएको महानगरका निमित्त प्रमुख प्रकाशकीय अधिकृत गंगालाल सुवेदीले बताउनुभयो ।

    उहाँले भन्नुभयो “पोखरामा पछिल्लो समयमा दीन प्रति दीन फुटपाथ व्यवसाय तथा व्यापारीहरुको सङख्यामा बृद्धि हुदै आएको छ, एउटा व्यवसाय संचालन गर्ने अर्को प्रकृतिको व्यवसाय गरेको पनि भेटिएको छ ।”

    सडकपेटि तथा बरण्डामा कुनै पनि व्यापार व्यवसाय नर्गन आफुहरुले आव्हान गर्दै आउदा पनि पछिल्लो समय फुटपाथ बढ्दो रुपमा देखा परेकोले त्यसलाई नियन्त्रण गर्न महानगरले फुटपाथ नियन्त्रण गर्न अभियान सुरु गरेको निमित्त प्रमुख प्रकाशकीय अधिकृत सुवेदीले बताउनुभयो ।

    आइतबार पोखराको महेन्द्रपुलबाट फुटपाथ अतिक्रमण गरी व्यापार व्यवसाय गर्नेहरुलाई सामग्री हटाउन अल्टिमेट सहितको पत्र दिइएको उहाँले जनाए ।

    व्यापार गर्नेहरुले फुटपाथ अतिक्रण गरी सामान राखेको र कतिपय ठाउँमा एउटा पसलको अगाडि अर्को पसल पनि थापेको पाइएकाले त्यसलाई हटाउन आइतबारदेखि पत्र दिन सुरु गरिएको फुटपाथबाट सामग्री हटाउन महानगरले गठन गरेको समितिका संयोजक एवं महानगरको निरीक्षण महाशाखाका प्रहरी नायब निरीक्षक पुरुषोत्तम थापाले जानकारी दिनुभयो ।

    मुख्य बजार क्षेत्रमा फुटपाथ अतिक्रण गरी व्यापार व्यवसाय गरेको सबैलाई पत्र दिइने र पत्र दिएको मितिदेखि सात दिन भित्र सामग्री नहटाए कारबाही गरिने उहाँले बताउनुभयो । ५ हजार देखि ५० हजार सम्म कारबाही गरिने महानगरपालिकाले बताएको छ ।

    ‘किराना पसल सटरमा छ’, थापाले भने,‘ त्यही किराना पसलको अगाडि एक छेउमा फुटपाथ अतिक्रमण गरी फलफूल पसल राखिएको पाइएको छ, त्यो हटाउन महानगरले पत्र दिएको हो, नहटाए कारबाही गरी त्यहाँबाट सामान हटाइनेछ ।’ सामान हटाउनका लागि पत्र दिन संयोजक थापाको नेतृत्वमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र पोखरा उद्योग वाणिज्य संघका प्रतिनिधि खटिएका छन् ।

    गत कात्तिक ७ गते पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बसेको बैठकले फुटपाथ अतिक्रमण गरेर राखिएका सामग्री हटाउने निर्णय गरेको थियो । बैठकले पृथ्वीचोकस्थित सस्तो बजार अगाडि माइक्रो स्टेसनलाई हटाइ फुटपाथ खाली गराउने निर्णय पनि गरेको छ । चिप्लेढुंगाको चौतारी अगाडि कुनै पनि कार्यक्रम गर्न नदिने र कसैले कार्यक्रम गरेमा कारबाही गर्ने निर्णय गरेको थियो ।

    बैठकमा कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, महानगरका निमित्त प्रमुख प्रकाशकीय अधिकृत गंगालाल सुवेदी, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्की, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी, ट्राफिक प्रहरी प्रमुख मुरारी मिश्र, महानगरका इन्जिनियर सुरेन्द्र पौडेल लगायतको उपस्थिति थियो ।

    थापाको संयोजकत्वमा गठित समितिको सदस्यमा जिल्ला प्रहरी कार्यालय र ट्राफिक कार्यायल कास्की रहेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.