म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ बिममा आइतवार (आज) साँझ यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत भने हुन सकेको छैन ।
दरबाङबाट यात्रु लिएर गएको ग १ ख ४४७६ नम्बरको बस बिमको घुम्तीमा दुर्घटना भएको र चार जनाको घटनास्थलमा नै ज्यान गएको तर परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक धु्रबप्रसाद शर्माले जानकारी दिए ।
घाइतेलाई प्राथमिक उपचार केन्द्रतर्फ ल्याइँदै छ ,मृतकको शव गाडीले च्यापिएको अवस्थामा छ, शर्माले भन्नुभयो ।घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरिक्षक रामप्रसाद पाण्डेका अनुसार प्रहरी र स्थानीय शव निकाल्न र घाइतेको उद्धारमा जुटिरहेका छन् ।
वसमा तीस जना यात्रु रहेको बुझिएको छ । मोवाइल नेटवर्कमा समस्या हुँदा सम्पर्क हुन सकिरहेको छैन ।

Related