हाइड्रोकाे सुरुङ भत्किँदा चार मजदुरको मृत्यु भएकाे आशंका
/१८ कार्तिक २०७६, सोमबार ०४:३९ , प्रकाशीत
बझाङको बुङ्गल नगरपालिका-१ स्थित कालंगा हाइड्रोकाे काम गर्ने क्रममा सुरुङ भत्किँदा चार जना मजदुर थुनिएका छन् ।
आइतबार दिउँसाे करिब ३ बजे उनीहरु सुरूङभित्र छिरेका थिए । सुरूमा सुरुङभित्र ६ जना छिरे पनि दुई मजदुर भने शास फेर्न गार्हो भएको भन्दै तत्कालै निस्किएका थिए । तर, चार जना भने अहिलेसम्म सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, डीएसपी गणेशबहादुर बमले जानकारी दिए ।
काम गर्ने क्रममा सुरुङ भत्किएर चारै जना भित्र थुनिएको र उनीहरुको मृत्यु भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । सम्पर्कविहीन हुनेमा दैलेखका कर्णबहादुर शाही, महेन्द्रबहादुर शाही, अछामका महेन्द्र साउद र बझाङका शेरसिंह धामी रहेका छन् ।
घटनास्थलमा पुगेका नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धारको प्रयास गरिरहेका छन् ।

Related