कास्की २ को उपनिर्वाचनमा नेकपाको ‘जम्बो’ टोली खट्ने
"१३ हजार मतान्तरले चुनाव जित्ने दावी "
/१९ कार्तिक २०७६, मंगलवार १२:३६ , प्रकाशीत
पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कास्की क्षेत्र नं २ को उपनिर्वाचनको प्रचार प्रसारका लागि ‘जम्बो’ निर्वाचन परिचालन कमिटि गठन गरेको छ।
पार्टीले नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाको संयोजकत्वमा २ हजार ६ सय ४१ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरेको छ । यस्तै गरी नेकपाले अन्य २६ वटा विभिन्न उपसमिति समेत गठन गरेको छ ।
नेकपा कास्कीले पोखरामा मंगलबार पत्रकार सम्मेलन गरि उम्मेदवारकै लागि आकांक्षा देखाएका कास्की जिल्ला ईञ्चार्ज राजकाजी गुरुङ करणलाई विद्याको चुनावी ‘कमाण्डर’ बनाउदै सांसद खगराज अधिकारीको संयोजकत्वमा प्रदेश स्तरीय निर्वाचन अनुगमन तथा निर्देशक कमिटी समेत गठन गरिएको जनाएको छ ।
कमिटीमा केन्द्रीय सदस्य, प्रदेश सदस्यलाई सदस्य बनाईएको छ । यस्तै, वडा स्तरीय निर्वाचन कमाण्ड सम्हाल्न हेभी वेट नेताहरुकै जिम्मा लगाईएको छ ।
निर्वाचन क्षेत्र पर्ने पोखरा महानगरको ११ वटै वडामा छुट्टाछुटट्ै ब्यक्तिले कमाण्ड सम्हाल्ने छन् । १६ नम्बर वडामा जिल्ला ईञ्चार्ज राजकाजी गुरुङ, ११ मा चुडामणी जंगली, ७ मा पूर्व सांसद सीता गिरी वली, ३३ मा जिल्ला सहईञ्चार्ज भीम कार्की ८ मा सहईञ्चार्ज शारदा सुवेदी, १७ मा जिल्ला अध्यक्ष कृष्ण थापा, १५ मा जिल्ला सचिव बखानसिंह तमु, लगायतका हेबिवएट नेताहरु परिचालन भएका छन ।
यस्तैगरी, जनवर्गिय मोर्चा संगठन परिचालन कमिटीको संयोजकमा जिल्ला सहईञ्चार्ज तथा केन्द्रीय सदस्य श्रीनाथ बराल छन् भने आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा बखानसिंह तमु छन् । प्रचारप्रसार उपसमिति संयोजक पत्रकार महासंघ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेललाई बनाईएको छ भने यूवा परिचालन उपसमितिमा सुमन देवकोटा संयोजक छन् । यसैगरी अन्य समितिहरुमा समेत संयोजक तोकिएको छ।
नेकपाले कार्तिक २१ गते उपनिर्वाचन परिचालन समितिको कार्यालय खोल्ने, २३ गते केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा बृहत कार्यकर्ता भेला गर्ने, २४ गते सबै वडामा वडा निर्वाचन परिचालन समितिको कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।
नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले सरकारले जनमुखी काम गरेकाले आगामी उपनिर्वाचनमा अत्यधिक बहुमतले विजयी हुने दावी गरे । उनले कास्की क्षेत्र नं २ बाट नेकपाले १३ हजारको मतको अन्तरले उपनिर्वाचनमा जित हासिल गर्ने दाबी गरेका छन् ।पार्टीले राम्रो काम गरेको बताउदै उपनिर्वाचनमा विद्या भट्टराईले ठुलो अन्तरमा जित्ने थापाले बताए ।
‘अपराधीको संरक्षण हाम्रो पार्टीले गर्दैन । सुशासन र विकास सरकारले निरन्तर दिईरहेको छ,’ पत्रकार सम्मेलनमा उनले भने, ‘पार्टी एकीकरण गर्ने एजेण्डा अघिल्लो चुनावमा थियो अहिले त्यो पनि पूरा भएको छ । एउटै झण्डा र चुनाव चिन्ह लिएर जनतामाझ भोट माग्न जान्छौं । हामीलाई जनताले पत्याउँछन् ।’
निर्वाचन आयोगले दिएको खर्च सीमाभित्रै रहेर प्रचारप्रसार गर्ने थापाले बताए । ‘२५ लाखभित्रै चुनाव सकिन्छ’ उनले भन्े ।’ ‘जनता आँफैले गरेका खर्च यता जोडिदैन । अरु खर्च अडिट गरेरै सार्वजनिक गर्छौं ।’
जनता नेकपा उम्मदवारलाई चुनाव जिताउन आतुर रहेको उनको भनाई छ ।

Related