बागलुङमा एक्कासी परेको पानीको कारण धानबालीमा क्षति
/१९ कार्तिक २०७६, मंगलवार ०५:४५ , प्रकाशीत
बागलुङको दक्षिण भेगमा सोमबार दिउँसो परेको वर्षाका कारण धानबालीमा क्षति पुगेको छ ।मानो रोपेर मुरी भित्राउने समयमा एक्कासी पानी परेपछि धान खेतिमा क्षति पुगेको हो । किसानले धान काट्दै गर्दा पानी परेपछि धानमा क्षति पुगेको छ ।
बरेङ गाउँपालिकाको हुग्दिशिर, धुल्लुबास्कोट, बाटाकाचौर र जैमिनी नगरपालिकाको राङखानी, पैयुथन्थापका करिब ७० प्रतिशत किसानको धानबाली पानीले भिजाइदिएपछि किसानहरु चिन्तित बनेका छन् ।
केही किसानहरुले तिहार अघि नै धान भित्राइसकेका थिए तर धेरै किसानहरुको खेतका फाँटमा भने पहँेलपुर अवस्थामा काटिएको र नकाटिएको धान रहेको थियो ।

Related