• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सीमा अतिक्रमणकाे विराेधमा विद्यार्थीद्धारा काठमाण्डौंमा नारा जुलुश

"भारतीय बिस्तारवादको पराकाष्ट "
  •      /२० कार्तिक २०७६, बुधबार ११:३८ ,  प्रकाशीत
  • भारतले जारी गरेको नयाँ नक्सामा लिपुलेक र कालापानी समावेश गरेको विरोधमा काठमाडौंमा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन्।

    लिपुलेक र कालापानीलाई आफ्नो भूभागमा राखेर नक्सा जारी गरेको विरोधमा बुधबार काठमाडौंको प्रदर्शनीमार्गमा सत्तासीन दल नेकपाको भ्रातृ संगठन अनेरास्ववियु र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विरोध प्रदर्शन गरेको हुन्।

    ‘लिपुलेक हाम्रो हो’, ‘कालापानी र लिम्पियाधुरा हाम्रो हो’, ‘गो ब्याक इण्डिया’ लेखिएका प्ले कार्ड र ब्यानरसहित विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका हुन्।

    पुतलीसडकबाट सुरू भएको नेविसंघको विरोध प्रदर्शन प्रदर्शनी मार्ग हुँदै शंकरदेव क्याम्पसमा गएर टुंगिएको थियो। नेविसंघ शंकरदेव क्याम्पसको आयोजनामा भएको विरोध प्रदर्शनीमा नेविसंघका निर्वतमान महामन्त्री कुन्दनराज काफ्ले, निवर्तमान केन्द्रीय सदस्यहरु नवराज त्रिपाठी, रुपा शर्मा लगायतका नेताहरुको उपस्थिति थियो।

    र्‍यालीमा सहभागीहरुले ‘आफ्नो माटो अर्काको दाबी, किन मौन सरकार’, ‘हाम्रो माटो हाम्रो जीवन, कागजी अतिक्रमण मुर्दावाद’, ‘भारतीय हस्तक्षेपविरुद्ध जवाफ दिन घुडा नटेक सरकार, नेविसंघ युद्ध लड्न तयार छ’ लगायतका नारा लगाएका थिए।

    नेपालले दाबी गर्दै आएको कालापानी, लिपुलेकलाई भारतले जारी गरेको नयाँ नक्सामा आफ्नो सीमाभित्र राखेपछि नेपालमा त्यसको चर्को विरोध भइरहेको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.