कास्की २ मा खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय
/२० कार्तिक २०७६, बुधबार ११:३० , प्रकाशीत
आगामी १४ मंसिरमा हुने उपनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट कास्की– २ मा खेमराज पौडेललाई उम्मेदवारका रूपमा अघि सारेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पौडेललाई उम्मेदवार बनाउने निर्णय लिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
कास्कीमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा विवाद भएपछि पार्टी पदाधिकारी बैठकले निर्णय गर्ने जिम्मा सभापतिलाई दिएको थियो । सभापति देउवाले पौडेललाई उम्मेदवारका रूपमा चुनेकाले अब चुनावी मैदानमा कांग्रेसका तर्फबाट पौडेलले चुनावी अभियान थाल्नेछन् । केन्द्रीय सदस्य धनराज गुरुङ, नेविसंघ पूर्वमहामन्त्री देवराज चालिसेसहित १६ जना आकांक्षीलाई पछि पार्दै पौडेल उम्मेदवार बन्न सफल भएका हुन् ।
उम्मेदवारकाे टुंगो लागेकाले बिहीबार बिहान ११ः३० बजे पोखरा सभागृहमा भेला भएर जुलुससहित मनोनयन दर्ता गर्ने नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले बताए ।
नेकपासहितका अन्य दलहरूले घोषणा गरेका उम्मेदवारहरू चुनावी अभियानका क्रममा घर दैलो कार्यक्रममा जुटिसकेका छन् । नेकपाबाट विद्या भट्टराई, साझा पार्टीकी रजनी केसी, समाजवादी पार्टीका धर्मराज गुरुङ, विवेकशील नेपाली दलका जमुना शर्मा उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन् ।
७४ वर्षीय पौडेल २०१३ सालदेखि कांग्रेस राजनीतिमा छन् ।

Related