• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेश प्रमुखले थाले काम

  •      /२० कार्तिक २०७६, बुधबार ११:२३ ,  प्रकाशीत
  • गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बुधबार पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुख शेरचनलाई गण्डकी प्रदेशका कार्यवाहक मुख्य मन्त्री किरण गुरुङले पोखरा विमानस्थलमा स्वागत गरेका थिए ।

    विमानस्थलबाट प्रदेश प्रमुखको कार्यालयमा पुगेर प्रदेश प्रमुख शेरचनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणसँगै प्रदेश प्रमुख शेरचनले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र विश्वका विभिन्न देशको भन्दा विशिस्ट भएकाले सबै मिलेर सफल कार्यान्वयन गर्नुपर्ने बताए ।

    देशमा देखापरेको संकट निवारणमा समझदारी र सहमतिमार्फत भूमिका खेल्ने उनको भनाइ थियो । गरिबी, बेरोजगारी, देशको मूल समस्या भएको भन्दै त्यसको निराकरण गर्दै अघि बढ्नुपर्ने उनले बताए । सम्पूर्ण नेपाली जनताको, राजनीतिक दलहरूको, तत्कालीन आन्दोलमा सहभागी सबै सहयात्रीहरूको समझदारी र सहमतिमा मुलुकको राष्ट्रियता, सार्वभौमिकतालाई जोगाउने दिशातर्फ जानुपर्ने उनको धारणा थियो ।

    पदभार ग्रहण गर्नुअघि प्रदेश प्रमुखको कार्यालयमा नेपाली सेनाले प्रदेश प्रमुखलाई सलामी अर्पण गरेको थियो । पदभार ग्रहण समारोहमा कार्यवाहक मुख्य मन्त्री किरण गुरुङ, सभामुख नेत्रनाथ अधिकारीलगायत विशिस्ट व्यक्तिहरूको उपस्थिति थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.