• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बागलुङ प्रदेश (ख) मा स्वतन्त्र सहित १० जनाको उमेदवारी

  •    शुभेच्छा न्यूज संवाददाता  /२१ कार्तिक २०७६, बिहीबार १३:२० ,  प्रकाशीत
  • जिल्ला निर्वाचन कार्यालय बागलुङमा प्रदेश सभा सदस्यको उप–निर्वाचनका लागि दलहरुबाट छनौट भएका उमेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

    आगामी मंसिर १४ मा हुने निर्वाचनका लागि बामगठबन्धनबाट साझा उम्मेदवारको रुपमा राष्ट्रिय जनमोर्चाका खिम बिक्रम शाहीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।नेकपाका नेता कार्यकर्ता समेतको उपस्थितिमा शाहीको मुख्य निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गराएका थिए ।

    शाहीको उम्मेदवार प्रस्तावकमा राजमो जिल्ला उपाध्यक्ष धर्म कुवँर र समर्थकमा गौरीश्वर पाण्डे रहेका छन् । नेपाल कम्युनिष्ट पार्टीको सरदमुकाम स्थित पार्टी कार्यालयबाट समर्थक, शुभेच्छुकको सहभागितामा ¥याली सहित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरिएको राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष अमर थापाले बताए ।

    नेपाल कम्युनिष्ट पार्टीको जिल्ला र तल्लो तहका नेता, कार्यकर्ता एकल चुनावी मैदानमा जाने तयारीमा भए पनि केन्द्रिय तहबाट गठबन्धन बनाएर बागलुङमा राष्ट्रिय जनमोर्चालाई सघाउने निर्णय गरिएको थियो ।

    यस क्षेत्रबाट प्रदेश सभा सदस्य बनेका राजमोका टेकबहादुर घर्तिको उपचारका क्रममा निधन भए पछि उपचुनाव हुन लागेको हो । यसअघिको चुनावमा पनि राजमो र तत्कालिन नेकपा एमाले, माओवादी केन्द्रको गठबन्धन बनेको थियो ।

    यसैबीच नेपाली काँग्रेसका तर्फबाट काँग्रेसका महादिवेशन प्रतिनिधि जीतबहादुर शेरचनले उमेदवारी मनोनय गरेका छन् । शेरचनको उम्मेदवारी मनोनयनमा सांसद ज्ञानकुमारी छन्त्याल प्रस्तावक र नरजंग घर्ति समर्थक रहेका छन् ।अघिल्लो निर्वाचनमा पनि उम्मेदवार रहनुभएका शेरचन बामगठबन्धनका तर्फबाट साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीसँग पराजित भएका थिए ।

    सांसद घर्तिको निधनपछि हुन लागेको उपनिर्वाचनमा नेपाली कांग्रेसले पुरानै उमेदवारलाई अगाडी सारेको छ । समाजवादीका तर्फबाट अशोक विक, राप्रपा संयुक्तबाट नीमबहादुर भण्डारी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, राष्ट्रिय जनमुक्ती पार्टिबाट याम बहादुर आले, मंगोल नेशनल अर्गानाईजेशनबाट मित्रबहादुर मगर र स्वतन्त्र उमेदवारमा सन्तोष भण्डारी र शेरमान घर्ति मगरको उमेदवारी परेको छ ।

    स्वतन्त्र तर्फ यस अघि विवेकशील नेपाली दलबाट उमेदवार बनेका सन्तोष भण्डारी र नेकपाका नेता तथा पुर्व बोबाङ गाविस अध्यक्ष समेत रहेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.