• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेकपाका उमेदवार विद्याको चुनावी अभियान भरतपोखरीबाट शुरू

  •    शुभेच्छा न्यूज संवाददाता  /२१ कार्तिक २०७६, बिहीबार १३:१५ ,  प्रकाशीत
  • मंसिर १४ गते हुन गइरहेको कास्की क्षेत्र नं. २ को प्रतिनिधि सभा उप–निर्वाचनमा नेकपाको तर्फबाट उम्मेदवार रहनु भएकी विद्या भट्टराईले आफ्नो निर्वाचन अभियान स्व.मन्त्री रविन्द्र अधिकारीको जन्मस्थान पोखरा महानगरपालिका वडा नं. ३३ भरतपोखरीबाट शुरू गर्नु भएको छ ।

    रविन्द्रको निधनपछि निरास उक्तठाउँका बासिन्दा विद्याको उम्मेदवारीसँगै उत्साहित बनेका छन् । आफ्नो चुनावी अभियान शुरू गर्न गृह स्थान पुग्नुभएकी विद्यालाई स्वागत गर्दै उक्त ठाउँका बासिन्दाले रविन्द्रको सपना पुरा गर्न र समग्र देशलाई समृद्धिपथमा अगाडि बढाउन आग्रह गरेका थिए ।

    भेटघाट कार्यक्रममा निर्वाचनका प्रत्यासी भट्टराईले आवश्यकता र चाहनाका कारण अव आफु रविन्द्रको उत्तराधिकारी भएर निर्वाचनमा होमीएको भन्दै कास्की क्षेत्र नं. २ को भरोसा र विश्वासलाई कहिल्यै डगमगाउन नदिने भन्दै सम्पूर्ण जनसमुदायहरूलाई शोकलाई शक्तिमा बदलेर निर्वाचनको अभियानमा सरिक हुन आग्रह गर्नु भयो ।

    भरतपोखरी रविन्द्रको जन्मस्थानका साथै नेपाली राजनीतिक इतिहासको एक महत्वपूर्ण कोशेढुंगा भएको हुँदा उक्त क्षेत्रका सबै बासिन्दाको समृद्धि आफ्नो मूलमन्त्र भएको बताउनु भयो ।

    कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य भिम कार्कीले पार्टीका क्षमतावान, बौद्धिक नेतृ, विद्या भट्टराईलाई उम्मेदवार बनाएको भन्दै आउने दिनमा उहाँको भूमिकाले क्षेत्र र जिल्लाको विकासमा महत्वपूर्ण स्थान राख्ने हुँदा बिजयी गराउन आग्रह गरिन् ।

    उम्मेदवार कास्कीका संयोजक धनराज आचार्यले रविन्द्रको विरासत अगाडि बढाउन विद्याको महत्वपूर्ण भूमिका हुनेकुरामा दुविधामा नरहेको भन्दै पार्टी र आम जनसमुदायहरूलाई विश्वस्त हुन आग्रह गरे ।

    कार्यक्रममा अनेरा स्ववियूका केन्द्रीय नेता रश्मि आचार्यले नेपाली राजनीतिक इतिहासमा अव्वल र समृद्धिका सम्वाहक रविन्द्र अधिकारी जस्ता अनुकरणीय नेता भरतपोखरीले गरेको भन्दै भरतपोखरीको सामु फेरी आएको यो अवसरलाई भरपुर प्रयोग गर्न पछि पर्न नहुने बताउनु भयो ।

    नेकपा पोखरा महागरपालिका वडा नं. ३३ का अध्यक्ष गुरुप्रसाद क्रान्तिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सयौंका संख्यामा उपस्थित भरतपोखरीबासीले भट्टराईलाई निर्वाचनमा बिजयी सुनिश्चित भएको भन्दै निर्वाचनमा उम्मेदवार पाउँदा हर्षित भएको प्रतिक्रिया दिएका थिए ।

    यस लगत्तै भट्टराईलै भरतपोखरी स्थित सहित तुलराज आचार्यको फोटोमा माल्यार्पण सहित निर्वाचन कार्यालय पुगी आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको थियो । उहाँको प्रस्तावकमा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापा र समर्थकमा नेकपा नेतृ प्रभा कोइराला रहनु भएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.