• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

रौतहट बम विष्फाेट प्रकरणामा मुछिएका एसपी हङकङमा पक्राउ

  •      /२२ कार्तिक २०७६, शुक्रबार १४:१० ,  प्रकाशीत
  • रौतहट काण्डमा मुछिएका शसस्त्र प्रहरी रौतहटका तत्कालीन एसपी रामकृष्ण लामा हङकङमा पक्राउ परेका छन्। उनलाई इन्टरपोल मार्फत नेपाल ल्याउने तयारी भइरहेको प्रहरी प्रधान कार्यलयले बताएको छ। पीडितहरूको उजुरीपछि उनको खोजीका लागि प्रहरी मुख्यालयमा रौतहट प्रहरीले पत्र पठाएको थियो।

    रौतहट हत्याकाण्डका मुख्य अभियुक्त आफताव आलमविरुद्ध ज्यान मार्ने उद्योगको अभियोगमा अदालतमा मुद्दा दायर भइसकेको छ। थुनछेक बहस चलिरहेको छ। आलमको निर्देशनमा बम विष्फोटका घाइतेलाई एसपी लामाको गाडीले स्कटिङ गरेर इँटाभट्टासम्म पुर्याइएको खुलासा भएको छ।

    उनीहरूलाई इँट्टाभट्टामा राखेर ज्युँदै जलाइएको थियो। उनले त्यसबापत् आलमसँग ४० लाख रकम लिएको आरोप समेत लिएको छ।

    करिब १२ वर्षअघि रौतहट जिल्लास्थित राजपुर फरहदवामा भएको बम काण्डका मुख्य आरोपी भनिएका नेपाली काङ्ग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलम पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सदस्य आलमलाई पक्राउ गरेको हो।

    पहिलो संविधान सभाको निर्वाचनको पूर्वसन्ध्यामा ‘बूथ कब्जा गर्ने उद्देश्यले’ बम बनाउने क्रममा विष्फोट हुँदा कम्तीमा दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो। तर उक्त घटनामा परि घाइते भएका अन्य १३ जनालाई समेत जिउँदै इँटाभट्टामा जलाएर मारेको अभियोग आलममाथि लागेको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.