जिल्ला सदरमुकाम बागलुङसँग जोडिएको मालढुंगादेखि बलेवा बिमान स्थलसम्म कालीगण्डकी कोरिडोरको स्तरोन्नतीको जिम्मेबारी पाएको नेपाली सेनाले कामलाई तिब्रता दिएको छ ।
कोरिडोरको ठाउँ–ठाउँमा खसेका पहिराको सफाई र दश मिटर चौडाई नपुगेको क्षेत्रमा बम विष्फोटको कामलाई नेपाली सेनाले तिब्र बनाएको हो । गत जेष्ठ मसान्तसम्म सडक बिभागलाई हस्तान्तरण गर्ने गरी जिम्मेबारी पाएको सेनाले बिबिध अबरोधका कारण हालसम्म पनि हस्तान्तरण गर्न सकेको छैन् ।
झण्डै दश किलोमिटर दुरीमा रहेको बलेवा बिमानिस्थल सम्मको सडक समयमा हस्तान्तरण गर्न नसकेको सेनाले नै थप १५ किलोमिटर सडकको स्तरोन्नतीको जिम्मेबारी पाएको छ ।
मालढुंगादेखि बलेवा बिमानस्थल सम्मको सडक स्तरोन्नतीको क्रममा मानवअधिकार र बर्षात्को समय लगायतका समस्या झेलेको सेनाले थप सडक स्तरोन्नतीको जिम्मेबारी पाएको हो ।
बलेवा बिमानस्थल सम्मको दश किलोमिटरको काम अन्तिम चरणमा पुगेको छ । दश किलोमिटर सडक बनाउने गरी जिम्मेबारी लिएको जानकारी दिदै निर्माण कार्यदलका प्रमुख प्रमुख सेनानी रेश्मीराज भट्टराईले उक्त खण्डको अधिकांश काम सकिएको बताए ।
केही ठाउँमा पहिरो पन्छाउने र केही ठाउँमा पानी तर्काउने बाहेक सबै काम सकिएको भट्टराइले दाबी गर्नुभयो । बागलुङ बलेवा १० किलोमिटर सडक निर्माणकै चरणमा रहेको सेनाले थप १५ किलोमिटर सडक स्तोन्नतीको जिम्मा पाएको थियो ।
निर्माण कार्यदलमा खटिएका सेनाका अधिकृतहरुका अनुसार सेनाले पछिल्लो पटक पाएको जिम्मेबारी अनुसार ८ किलोमिटर सडकको स्तरोन्नतीको काम सकिएको छ । बाँकी ७ किलोमिटर सडकमा बम विष्फोट गर्नुपर्ने अवस्था रहेको छ ।
पछिल्लो योजना अनुसार बागलुङ र गुल्मीमा स्तरोन्नतीको लागि सेनाले २५ करोड रुपैयाँ बजेट पाएको छ । जम्मा २५ किलोमिटर सडक स्तरोन्नती गर्ने गरी पाएको बजेट अनुसारनै काम भैरहेको प्रमुख सेनानी भट्टराईले बताए/

Related