कास्की २ को उपनिर्वाचन प्रचारमा कांग्रेसको ‘जम्बो’ टोली
/२२ कार्तिक २०७६, शुक्रबार ११:४० , प्रकाशीत
नेपाली कांग्रेस कास्कीले चुनावी अभियानका लागि जम्बो चुनाव प्रसारप्रसार समिति बनाएको छ । कांग्रेसले चुनावी अभियान शुरु भएसँगै चुनाव प्रचारप्रसारको लागि ३ हजार ५ सय ५१ सदस्यीय चुनाव प्रचार समिति गठन गरेको छ ।
मूल समितिमा जिल्ला सभापति कृष्ण केसी संयोजक, क्षेत्र नं. २ का क्षेत्रीय सभापति माधव प्रसाद बाँस्तोला मधु र पोखरा महानगर सभापति वजीरमान श्रेष्ठ सहसंयोजक तोकिएका छन् ।
काग्रेसले पोखरा महानगरपालिका¬ ४ को संयोजकमा पूर्वमन्त्री यज्ञबहादुर थापालाई संयोजक तोकेको छ । यस्तै वडा नं. ७ मा पार्टीका पूर्व अध्यक्ष शुक्रराज शर्मा, वडा नं. ८ मा पूर्वमन्त्री तारानाथ रानाभाट, ९ मा वीरेन्द्रनारायण विजुक्छे, ११ मा शारदा पौडेल, १५ मा विन्दादेवी राना, १६ मा कुमार खड्कालाई संयोजक बनाएको छ ।
यसैगरी पोखरा–१७ मा कास्की काँग्रेसका अध्यक्ष कृष्णबहादुर केसी, वडा नं. २० मा प्रदेश सांसद विन्दुकुमार थापा, २१ मा गुरु बराल र ३३ मा जीवन परियारलाई संयोजक तोकेको छ ।
भेलाले २६ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । जसमा तारानाथ रानाभाट, शुक्रराज शर्मा, जीवन परियार, यज्ञबहादुर थापा, सूर्यबहादुर केसी, कुमार खड्का, महादेव गुरुङ, शारदा पौडेल, विन्दादेवी राना, रामजी कुँवर, रामचन्द्र त्रिपाठी, बाबुराम आचार्य र सुरेन्द्रबहादुर भारीजू छन् ।
यसैगरी युवराज श्रेष्ठ, रामकृष्ण पराजुली, राजेन्द्रनीधि कोइराला, देवराज चालिसे, डा. रामचन्द्र शर्मा, शोभियतबहादुर अधिकारी, आनन्दराज मुल्मी, कृष्णकुमारी परियार, भोला थापा, नीलकण्ठ शर्मा, अशोक पालिखे, तीर्थ श्रेष्ठ, शंकर देवकोटा, वीरेन्द्रनारायण विजुक्छे, राधाकृष्ण गुरुङ, खेमकुमारी बराल, पुलेन्द्रमान श्रेष्ठ, निर्मल कर्माचार्य, केशर प्रसाद निर्दोषी र शकुन्तला कोइरालालाई पनि सल्लाहकारमा चयन गरिएको छ ।
भेलाले अर्थ संकलन समितिमा ऋषि सापकोटालाई संयोजक तोकेको छ । यस्तै अनुगमनमा राजेन्द्रनीधि कोइराला, सचिवालय व्यवस्थापनमा देवेन्द्र रानाभाट, बुद्धिजीवि परिचालनमा आनन्दराज मुल्मी, प्राध्यापक परिचालनमा दीपेन्द्र पराजुली, अन्तरक्षेत्रीय समन्वय समितिमा पोषनाथ शर्मा संयोजक छन् ।
यसैगरी उद्योग व्यवसाय, पर्यटन परिचालनमा विन्दुकुमार थापा, सञ्चारमा नवीन सिग्देल, स्वयंसेवक परिचालनमा भोजबहादुर गुरुङ सिकन्दर, भातृ तथा शुभेच्छुक संस्था परिचालनमा गुरु बराल, स्थानीय तह परिचालनमा रामजी कुँवर र युवराज कुँवर, निर्वाचन समन्वयमा कृष्ण तिमिल्सिना, वुथ परिचालनमा विजयराज आचार्य संयोजक छन् ।
यसैगरी प्रचार प्रसार सामग्री व्यवस्थापनमा दीपेन्द्र मर्सानी, युवा–तरुण परिचालनमा मनोज गुरुङ, सम्पर्क समाज परिचालनमा ऋषि काफ्ले, महिला तथा आमा समूह परिचालनमा कोपिला रानाभाट, ट्रेड युनियन परिचालनमा मुरारी शर्मा, यातायात व्यवस्थापनमा जीतबहादुर गुरुङलाई संयोजक तोकेको छ ।
कास्की कांग्रेसका सभापति कृष्ण केसीले जिम्मेवारी पाएका संयोजकहरूलाई आआफ्नो क्षेत्रमा पुगेर काम थाल्न निर्देशन दिएको बताए । उनले चुनावको तयारी तीव्र र चुस्त बनाउन नेता कार्यकतालाई निर्देशन दिएको बताए । कास्की मा नेपाली कांग्रेसकोतर्फबाट खेमराज पौडेल उम्मेदवार बनेका छन् ।

Related