कृषकलाई कफी खेती गर्न प्रोत्साहन गरी उत्पादन वृद्धि गर्ने उदेस्यले पोखरामा करिव तीन दर्जन कफी कृषकलाई तालिम दिइएको छ । राष्ट्रिय चिया तथा कफी विकास वोर्ड क्षेत्रीय कार्यलय पोखराले कृषकलाई कफी उद्यमशिलता रोस्टिंग तथा कपिंग सीप विकास तालिम प्रदान गरिएको हो ।
तालिममा किसानलाई कफीको बिरुवा रोप्नेदेखि उत्पादन र प्रशोधन गर्ने सम्मको प्रक्रियाका वारेमा जानकारी गराइएको छ ।तीन दिन सम्म चलेको तालिममा किसानलाई नर्सरी उत्पादन, बिरुवा रोप्ने, गोडमेल गर्ने, हाँगा काँटछाँट, टिप्ने तरिका, भुट्ने पिस्ने र प्रसोधन गर्ने लगायत बजार व्यवस्थापनका वारेमा समेत तालिम प्रदानगरिएको वोर्डले जनाएको छ ।
तीन दिने तालिमको समापनका अवसरमा गण्डकी प्रदेशका उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले कृषि,पर्यटन,उद्योगको माध्यमबाट रोजगारी सिर्जना गर्न प्रदेश सरकारले पूर्वाधार निर्माणमा जोड दिएको बताए। ‘कृषि उत्पादनमा लाग्ने किसानहरुलाई सरकारले आवस्यक तालिम र सहयोग गर्छ’ उनले भने ।
‘खेती गर्ने,त्यसको बजारीकरण गर्ने सबै काम तपाईले गर्ने हो । सरकारको काम पूर्वाधार निर्माण गर्ने हो, सहज किसिमले कृषि व्यवसाय गर्न वातावरण सिर्जना गर्ने हो ।’
देशकै माटोमा केहीँ गर्छु भन्ने सोच लिएका यूवालाई सरकारले जुनसुकै सहयोग गर्न तयार रहेको उनको भनाई छ ।‘विदेशी भुमीमा १९ घण्टा काम गर्ने युवाहरु स्वदेशी भुमीमा ईलम गर्न तत्परता नदेखाउनु दुखद् हो’ उनले भने ।युवाहरुले आपूmले गर्ने कामको योजना बोकेर आउनुहोस् सरकार सहयोग गर्न तयार छ।’
केन्द्रिय कफि व्यवसाय महासंघका कोषाध्यक्ष आनन्द सुवेदीले विदेशीएका यूवालाई स्वदेशमा फर्काएर कृषी तर्फ आकर्शित गराउने सरकारको योजना रहेको बताए। उनले सामुदायीक वनमा कफी खेती गर्न नपाउने नीतिका कारण कफी खेतीले अपेक्षीत प्रतिफल दिन नसकेको बताए ।

Related