• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेकपा वडा नं ८ को निर्वाचन परिचालन कार्यालय

  •      /२४ कार्तिक २०७६, आईतवार ०६:४१ ,  प्रकाशीत
  • नेपाल कम्यूनिष्ट पार्टीले कास्की क्षेत्र नम्वर २ उपनिर्वाचन परिचालन कमिटिको पोखरा ८ को कार्यालय स्थापना गरेको छ । मंसिर १४ गते हुने निर्वाचनमा आफना उम्मेदवारलाई विजयी गराउने पार्टी कामलाई व्यवस्थित गर्ने उद्देश्यले पोखरा ८ मा कार्यालय स्थापना गरेको हो ।

    कार्यालयको नेकपा केन्द्रीय सदस्य एवं कास्की जिल्ला सहइन्चार्ज शारदाप्रसाद सुदेवीले गरे । कार्यक्रममा बोल्दै उनले कम्यूनिष्ट सरकारले जनताको विकास र समृद्धिको सपनालाई साकार बनाउने गरि अगाडी बढेको बताए ।

    उनले देशको विकास र समृद्धिको लागि कम्यूनिष्टहरुको नेतृत्व आवश्यक रहेको बताउदै त्यसका लागि सरकारले गरेका कामको अनुमोदन र बाँकी काम पुरा गर्न उपनिर्वाचनमा नेकपाका उम्मेदवारलाई अमत्याधिक मतले विजयी गराउर्नुपर्नैमा जोड दिए ।

    नेपालमा लामो समय नेपाली काँग्रेसले सरकारको नेतृत्व गरेपनि देशले विकासको अनुभुति गर्न नपाएको उल्लेख गदै कम्यूनिष्टको सरकारले विकासको गतिलाई तिव्र रुपमा अगाडी बढाएको बताए। कास्की क्षेत्र नम्वर २ मा रवीन्द्र अधिकारीले छोडेर गएका अधुरा सपना पुरा गराउन विद्या भटराई अधिकारीलाई जिताउनु आवश्यक रहेको बताए ।

    कार्यक्रममा पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले विद्या भटराई अधिकारी सधै राजनीतिमा क्रियाशिल रहेकाले उहाँका बारेमा भ्रम सृजना गर्ने काम भैरहेको बताउदै भनिन, विद्याले विद्यार्थी राजनीति हुदै महिला र प्राज्ञिक क्षेत्रबाट निरन्तर राजनीतिमा क्रियाशिल रहदै आएको बताइन् । उनले जनप्रतिनिधि आएपछि पोखरा महानगरको विकासले फड्को मारेको बताइन् ।

    उनले देश नयाँ व्यवस्थामा गएका कारण कानुन बनाएर काम गर्नुपर्ने अवस्थाले पहिलो वर्ष विकासको गति सुस्त भएपनि पछिल्लो समय गति लिएको बताइन् । स्थानीय तहले तीन सय भन्दा बढि कानुन निर्माण गर्नुपर्ने हुन्छ र त्यही कानुनमा टेकेर विकास निर्माणका काम गर्नुपर्छ उनले भनिन्, अहिले हामीले ७० वटा कानुन बनाएका छौ । उनले कानुन निर्माणसंगै भौतिक पूर्वाधारलाई प्राथमिकता दिएको बताउदै पोखरामा सडक निर्माण,स्वास्थ्य र शिक्षालाई ध्यान दिए अगाडी बढेको बताइन् ।

    पोखरा महानगरपालिका वडा अध्यक्ष रुद्रनाथ बरालले निर्वाचित जनप्रतिनिधि आएपछि वडाको विकासले तिव्रता पाएको बताउदै ३० भन्दा बढि बाटो ढलान भएको बताए । उनले भने हामी आएपछि सडकहरु, पार्क विस्तार र खानेपानी समास्या समाधानका लागि पाइपलाइन विस्तार गरेको बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.