• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पुदिना स्वास्थ्यकालागि बहुउपयो

  •      /२५ कार्तिक २०७६, सोमबार १३:४२ ,  प्रकाशीत
  • पुदिनाको मुनामा प्रचुर मात्रामा भिटामिन सी पाइन्छ। यसको प्रयोगले विभिन्न समस्यामा राहत पुग्छ। अचारको रुपमा खाइने र निकै स्वादिलो हुने पुदिनामा धेरै औषधीय गुणहरु रहेका छन्।

    औषधीय गुण भएको पुदिनाः
    – पुदिनाको रस र मह मिलाएर खाएमा न्यूमोनियाका बिरामीलाई लाभ मिल्छ, पुदिनाको रस मनतातो पानिसंग पिएमा बाडुल्की लाग्ने वा हिक्क हिक्क हुने समस्या हट्दछ, पुदिनाको सुकेको पातको धुलो महसंग मिसाएर दिनमा दुई तीन पटक खानाले गर्भाशयलाई सक्रिय पार्ने तथा बिग्रेको मासिक धर्म समेत यसले नियमित बनाउने गर्छ।

    – हात, खुट्टा र जोर्नीको दुखाईमा बदामको तेलसंग पुदिनाको केही थोपा मिसाएर मालिस गरे दुखाईबाट आराम मिल्छ, नरिवलको तेलसंग पुदिना पिसेर मिश्रण बनाई छाती, नाक र घाँटीमा मालिस गरे श्वासप्रश्वासको समस्या हटेर जानेछ, दमका बिरामीले पुदिनाको पात तातो पानीमा हालेर बाफ लिदा यो अत्यन्तै लाभदायिक हुन्छ।

    – पुदिनाको ताजा रस दिनको २ पल्ट छालामा २० मिनेट सम्म लगाई छोड्ने र चिसो पानीले धुनाले छालाको संक्रमण, दाग तथा डण्डीफोर आएमा हटेर जानेछ, गर्मीमा हुने मौसमी एलर्जीबाट बच्न पुदिनाको सेवन तथा यसको लेप लगाउनु उपयोगि हुन्छ, पुदिनाको पात पिसेर निधारमा लगाएमा टाउको दुख्ने समस्याबाट मुक्ति मिल्छ।

    – पुदिनाको पातको धुलोलाई चिनीसंग मिलाएर खाएमा पेट दुख्ने समस्या निको हुन्छ, पुदिनाको ताजा पातलाई तातापानिमा उमालेर खाएमा रुघाखोकी निको हुन्छ, पुदिना र तुलसीको पात पानीमा उमालेर सेवन गर्दा ज्वरो निको हुन्छ, शरीरमा निको नहुने घाउ छ भने सफा पुदिनाको पात पिसेर लेप लगाउँदा छिटो निको हुन्छ।

    – साना नानीलाई झाडापखाला लागेको छ भने दूधमा पुदिनाको पात उमालेर २ चम्चाका दरले दैनिक २र३ पटक ख्वाएमा झाडापखाला निको हुन्छ, पुदिनाको पात पिसेर अचार खाएमा यसले पेटको समस्या निको पार्छ, मुर्छित व्यक्तिलाई पुदीना पिसेर सुघाएमा मुर्छित अवस्थाबाट ब्युत्याउछ, प्रसवको समयमा हुने पीडा कम गर्न पुदिनाको रस पिएमा प्रसव पीडा कम गर्छ।

    – पुदिना र चिनिलाई तातोपानिमा उमालेर समय समयमा पिएमा निर्बलता कम हुन्छ, पुदिना, प्याजको रस र कागतीको रस बराबर मात्रामा मिसाएर पिएमा हैजामा उपयोगि हुन्छ, दुइ चम्चा पुदिनाको रस वीरेनुन मिसाएर मनतातो पानीसँग खाएमा पेट फुलेको निको हुन्छ, तुलसी, कालो मरिचसंग पुदिना मिसाएर खाएमा ग्याष्ट्रिक निको हुन्छ।

    – नियमित पुदिनाको पात चपाएर खाएमा मुख गन्हाउन तथा दाँत दुख्ने समस्या निको हुन्छ, पुदिनाको पत्तालाई कागतीको रसमा मिसाएर खाएमा बान्ता हुँदैन, प्याज र पुदिनाको रस मिलाएर नाकमा नियमित हालेमा पिनास कम हुन्छ, सलादमा दिनहुँ पुदिना चपाएर खाएमा दाँत सड्ने तथा गिँजा सुन्निने निको हुन्छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.