• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

जापानले कृषि क्षेत्रको लागि दक्ष कामदार लैजाने

  •      /२५ कार्तिक २०७६, सोमबार १३:५४ ,  प्रकाशीत
  • जापानमा कृषि क्षेत्रको लागि नेपालबाट दक्ष कामदार लैजान भाषा र सीप परीक्षा सञ्चालन हुने भएको छ ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र जापानका कृषि वन तथा फिसेरी मन्त्रालयका उपमहानिर्देशक ताकामी नाकाडाको नेतृत्वमा आएको जापानी प्रतिनिधिमण्डलको टोलीबीच सोमबार यस विषयमा छलफल भएको छ ।

    छलफलमा यसअघि तय भएको विभिन्न १४ क्षेत्रमध्ये कृषि क्षेत्रमा जापानलाई चाहिने कामदारको सम्बन्धमा भाषा र सीप परीक्षा छिट्टै सञ्चालन गर्नेबारे कुरा भएको हो ।

    छलफलमा मन्त्री विष्टले अहिले चलिरहेको नर्सिङ कियर गिभर लिने प्रकृयालाई थप गुणस्तरीय र विश्वसनीय बनाउन समेत अनुरोध गर्नुभयो ।

    छलफलमा जापानी प्रतिनिधिमण्डलका टोली प्रमुख नाकडाले नेपालबाट कृषि, मत्स्य एवं फुड सर्भिस सम्बन्धित क्षेत्रमा नेपाली कामदार लैजान जापान इच्छुक रहेको भन्दै नेपाली कामदारलाई आवश्यक सीप तालिम प्रदान गर्न जाइकामार्फत सहकार्य गर्न सकिने बताउनुभयो ।

    मन्त्री विष्टले नेपालमा कृषिमा आवद्ध जनशक्ति धेरै रहेकोले यसबाट जापान थप लाभान्वित हुन सक्ने बताउनुभयो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.