• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

परनिर्भरताको अन्त्य गरी आत्मनिर्भर बनाउनुपर्छ ; विद्या

"महिलालाई शिक्षा र आर्थिक सशक्तिकरणको माध्यमबाट परनिर्भरता अन्त्य गरी आत्मनिर्भर बनाउनुपर्ने "
  •      /२६ कार्तिक २०७६, मंगलवार ०६:२४ ,  प्रकाशीत
  • नेकपाले पोखरा ११ मा पनि निर्वाचन परिचालन कमिटीको कार्यालय स्थापना गरेको छ । नेकपाले मंगलबार पोखरा ११ फूलबारीमा निर्वाचन परिचालन कमिटीको कार्यालय स्थापना गरिएको हो । कार्यालयको कास्की २ की नेकपाकी उम्मेद्वार विद्या भट्टराईले उद्घाटन गरिन् ।

    उद्घाटन कार्यक्रममा बोल्दै उम्मेद्वार भट्टराईले महिलालाई परनिर्भरताबाट अन्त्य गर्नुपर्ने बताइन् । महिलालाई शिक्षा र आर्थिक सशक्तिकरणको माध्यमबाट परनिर्भरता अन्त्य गरी आत्मनिर्भर बनाउनुपर्ने बताइन् ।

    उम्मेद्वार भट्टराईले महिलालाई उद्यमशील बनाउन सके त्यसले समृद्धीमा सघाउनेपनि बताइन् । उनले स्वर्गिय रबिन्द्रका अधुरा सपना र योजना पूरा गर्नका लागि आफू उम्मेद्वार बनेको भन्दै आफूलाई बिजयी गराएर ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा सार्थक बनाउने अभियानमा ईट्टा थप्न आग्रह गरिन् ।

    कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य चुडामणी जंगलीले सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपाली अभियान सफल बनाउनका लागि नेकपाको उम्मेद्वारलाई बिजयी गराउन आग्रह गरे ।

    कार्यक्रममा नेकपा वडा सचिव कुमार क्ष्ँेत्री र देबेन्द्र बास्तोलालगायतलेपनि विद्यालाई जिताएर रबिन्द्रका अधुरा सपना र योजना सफल बनाउनुपर्नेमा जोड दिएका थिए । सो अवसरमा उम्मेद्वार विद्याले ९७ वर्षिया आमा जानुका खत्रीसँग आशिर्वाद लिएकी थिइन् ।

    आजै पोखरा वडा नम्बर ३३ मा पनि नेकपाले निर्वाचन परिचालन कमिटीको कार्यालय स्थापना गरेको छ । कार्यालयको नेकपाका केन्द्रीय सदस्य भीम कार्कीले उद्घाटन गरे ।

    उद्घाटन कार्यक्रममा बोल्दै उनले समृद्धीका लागि सक्षम नेतृत्व आवश्यक रहेको र नेकपाकी उम्मेद्वार विद्या सबै हिसाबले उपयुक्त पात्र भएकाले सूर्य चिन्हमा मतदान गरी बिजयी गराउन आग्रह गरे ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.