तनहुँमा आतंक मच्चाउँदै आएको अर्को पोथी चितुवा पासोमा पर्यो
/२६ कार्तिक २०७६, मंगलवार ०७:१६ , प्रकाशीत
चितुवा आतंकको शिकार बन्दै आएका तनहुँ भानु नगरपालिकाका स्थानीयमा पुनः एक चितुवा खोर (पासो) मा परेपछि खुशियाली छाएको छ । लामो समयदेखि आतंक मच्चाउँदै आएको चितुवा नियन्त्रणका लागि थापिएको पासोमा सोमबार राती पोथी चितुवा परेको हो ।
वनमा बनाइएको परम्परागत काठको खोर स्थानीय हरिभक्त ढकालले बनाउनु भएको हो । ८/९ बर्षको जस्तो देखिने उक्त पोथी चितुवा नै बालबालिकालाई आक्रमण गर्ने नरभक्षी चितुवा हुन् सक्ने अनुमान स्थानीयले गरेका छन् । बाख्रासहित थापिएको पासोमा यसअघि २ भाले चितुवा परेका थिए भने ३ चितुवा मृत अवस्थामा भेटिएको थियो ।
पासोमा परेको पोथी चितुवालाई चितवन राष्ट्रिय निकुन्जमा छाड्नका लागि जिल्ला बन कार्यालय तनहुँका कर्मचारीले मंगलबार बिहानै लगेका छन् । चितुवा आतंकका कारण भानु नगरपालिकाको १, २, ३ र ४ वडाका बासिन्दा दिनहुँ त्रासमा बाँच्न बाध्य छन् ।

Related