रौतहटको इशानाथ नगरपालिकामा रहेको प्रहरी चौकीमा अज्ञात समूहले बम विस्फोट गराएको छ ।
विस्फोटमा परी एक जना प्रहरी जवान घाइते भएका छन् भने प्रहरी चौकीको भवनमा सामान्य क्षति पुगेको छ । घाइते हुनेमा सेन्ट्रीमा रहेका प्रहरी जवान रन्जित कुमार यादव रहेका छन् । उनको पाखुरामा सामान्य चोट लागेको छ ।
चौकीमा सानो खालको सुतली बम विस्फोट भएको रौतहटका डीएसपी नविन कार्कीले जानकारी दिए । सो बम विस्फोट गराएर भाग्ने क्रममा एक जना भारतीय नागरिक पक्राउ परेको उनले जानकारी दिए ।
पक्राउ पर्नेमा भारत ढाका घर बताउने २५ वर्षका चन्दनकुमार रहेका छन् ।

Related