४ वर्षकी बालिकाको हातबाट जुस पिएर डा केसीले अनसन तोडे
/२६ कार्तिक २०७६, मंगलवार ११:१२ , प्रकाशीत
डडेल्धुरामा अनसनरत डा गोविन्द केसीले अनसन तोडेका छन्। लिपुलेकको विषयलाई समर्थन गर्दै डा केसीले ९ दिनदेखि जारी राखेको अनसन तोडेका हुन्।
डा केसीले लिम्पियाधुरासम्मको भुभाग भारतमा समेटिएको विषयले स्तब्ध भएको उल्लेख गर्दै तत्काललाई अनसन स्थगित गरेका हुन्।
‘भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भुभाग भारतमा समेटिएको छ । यो समाचारले अरु नेपाली नागरिकजस्तै म पनि स्तब्ध छु,’ उनले भने, ‘राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा उहाँहरुको संवेदनालाई हृदयंगम गर्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं।’
डा केसीले ४ वर्षकी बालिकाको हातबाट जुस पिएर अनसन तोडेका हुन्।

Related