विद्याको चुनावी प्रचारमा रविन्द्रलाई सम्झदै यसरी भक्कानिए मतदाता
"पोखरेलीले किन सम्झन्छन् रविन्द्रलाई यसरी ? "
तपाईको प्रतिक्रिया





मंसिर १४ गते हुने कास्की क्षेत्र नम्वर २ को उपनिर्वाचनमा आफना उम्मेदवारलाई अत्याधिक मतले विजयी गराउन नेकपाले प्रचारलाई आक्रामक बनाएको छ । मतदातालाई आफनो पक्षमा पार्न नेकपाले वडाका टोल टोलमा कार्यकता परिचालन गरेको छ ।
वडाभित्र टोल कमिटि गठन गरेर उम्मेदवार भन्दा पहिला कार्यकतालाई मतदाताका घर पु¥याउने र त्यसपछि उम्मेदवार सहित घरदैलो गर्ने रणनीति सहित चुनावी अभियानमा जुटेको छ । यसैवीच पोखरा महानगरपालिका वडा नम्वर ८ मा चुनावी अभियानलाई तीव्रता दिदै शुक्रबार र शनिबार पहिलो चरणमा कार्यकताले घरदैलो गदै मत माग्ने छन् ।
वडा नम्वर ८ को चुनावी कमाण्ड समालेका नेकपा केन्द्रीय सदस्य शारदाप्रसाद सुवेदीले भने, ‘उम्मेदवार सहित घरदैलोमा जानुभन्दा पहिला हामी कार्यकताहरुलाई जनताको घरघरमा पठाउने र त्यसपछि उम्मेदवार सहित जाने योजना बनाएका छौ ।’ उनका अनुसार पहिलो एकसरो कार्यकताहरु मतदाताको पुगेर उम्मेदवारका बारेमा जानकारी गराउनुहुन्छ अनि हामी उम्मेदवार सहित जान्छौ ।
प्रचारप्रचार अन्तर्गत आइतबार उम्मेद्वारसहित घरदैलो र दुई स्थानमा चुनावी कोणसभा गरिने नेकपा वडा अध्यक्ष लक्ष्मीप्रसाद सुवेदीले बताए । वडाको चालिसेचोक र बगालेटोलमा कोण सभा गर्ने योजना बनेको छ उनले भने, ‘विहान चालिसेचोकमा र बेलुका बगाले टोलमा कोण सभामा गर्दछौ ।’ पोखरा ८ मा नेकपाले प्रचार अभियानलाई सघाउन युवा दस्ता गठन गरेको छ ।
वडाका नौ वटै टोलमा युवा दस्ता गठन गरिएको युवा परिचालन संयोजक उत्तम पोखरेलले जानकारी दिए ।
Related