बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले पोखराको भ्रमणको क्रममा फेवातालमा आफ्नी धर्मपत्नीका साथ अवलोकन गरेका छन् । फेवातालको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
राष्ट्रपति हमिदको फेवातालमा जलविहार सम्पन्न भएपछि उहाँको सम्मानमा फिस्टेल होटलमा दिवाभोजको आयोजना गरिएको छ । उक्त दिवाभोजमा गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, कार्यबाहक मुख्यमन्त्री किरण गुरुङ, प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारी, प्रदेशसभाका प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, सांसद खगराज अधिकारीलगायतको सहभागिता रहनेछ ।
उनले नेपाल प्रहरीको डुंगा चढेर फेवातालको सयर गरेका हुन् । उनका स्वागतका लागि दुवै देशको झण्डा, पुष्प गुच्छा र विभिन्न भेषभुषामा विभिन्न व्यक्तित्व पुगेका थिए ।
उनलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेश प्रमुख अमिक शेरचन, कार्यवहाक मुख्यमन्त्री किरण गुरुङ, सांसदहरु, व्यवसायीहरुले स्वागत गरेका थिए । राष्ट्रपति हमिदलाई पञ्चेबाजा सहित पन्चकन्याले पुष्पगुच्छा सहित स्वागत गरेका थिए ।
त्यसपछि, राष्ट्रपति हमिद रुपाकोट पुगेर पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्ने कार्यक्रम रहेको छ ।

Related