• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

खेलकुदले आर्थिक क्षेत्रको पनि विकास गर्छ ; सभापति कोइराला

  •      /२९ कार्तिक २०७६, शुक्रबार १०:५६ ,  प्रकाशीत
  • गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले खेलकुदले खेलक्षेत्रको मात्रै नभएर आर्थिक क्षेत्रको पनि विकास गर्ने बताउनु भएको छ ।

    प्रमुख अतिथि कोइरालाले खेल प्रशिक्षक राजन पौडेललाई खेल सामाग्री हस्तान्त्रण गर्दे आज देखि पोखरा १४मा शुरु भएको तेश्रो जिल्ला स्तरीय तेक्वान्डो प्रतियोगितामा सो कुरा बताउनु भएको हो ।

    पश्चिमाञ्चाल खेलकुद विकास समितिका पुर्व अध्यक्ष एवं क्रिकेट संघ नेपालको कार्यवहाक अध्यक्ष समेत रहेर कार्य गर्नुभएका कोइरालाले खेलक्षेत्रको बारेमा सरकारलाई पनि बुझाउन आबश्यक रहेको बताउनु भयो । नेपालमा सम्भावना भएको तेक्वान्डो खेल भएको भन्दै विश्वका शक्तिशाली देशलाई हराउन सक्ने भनेकै अहिलेको अबस्थामा खेल क्षेत्र भएको बताउनु भयो ।

    अहिलेका खेलाडीहरुलाई पढाई संगै खेलक्षेत्रमा लाग्ने बातावरण घर परिवारको साथ र राज्यको सहयोग हुनेहो भने खेलाडीहरुले अपेक्षित नतिजा प्राप्त गर्न सफल हुने बताउनु भयो ।खेलाडीलाई आफ्नो जिविको पार्जन कसरी गर्नेहो भन्ने चिन्ता नहुने हो भने नेपाली खेलाडीले धेरै राम्रो प्रर्दशन गर्न सक्ने उहाँले विश्वास रहेको छ । पोखरालाई खेलपर्यटनको हव बनाउन सकिने कोइरालाको भनाई थियो ।

    कार्यक्रममा पोखरा महानगरपालिका वडानं १४का वडाध्यक्ष प्रेम बहादुर कार्कीले वडामा जिल्ला स्तरीय तेक्वान्डो प्रतियोगिता आयोजना गरेको भन्दै आयोजकलाई धन्यबाद दिनु भयो । खेलक्षेत्रको लागि वडाबाट सक्दो सहयोग हुने बताउनु भयो । कार्कीले पछिल्लो समय वडानं १४मा खेलगतिविधि बढी हुन थालेकोमा खुशी ब्यक्त गर्नुभयो ।

    तेक्वान्डो संघका केन्द्रीय उपाध्यक्ष हरिश्वर पोखरेलले खेलले मान्छेलाई अनुसाशित बन्न प्रेरणा दिने बताउनु भयो । आफुहरुले शूरुमा तेक्वान्डो खेल्दा के गरेको भनेर खिसी गर्ने समाजले अहिले खेललाई प्रोत्साहन दिएको पाउदाँ खुशी लागेको बताउनु भयो ।

    ममmेरी तथा शुक्रराज तेक्वान्डो डोजाङको आयोजनमा भएको प्रतियोगिता शनिबार सम्म सञ्चालन हुने छ । प्रतियोगिता उदघाटन सत्रको कार्यक्रम तारामाया थापाले सञ्चालन गर्नुभएको थियो भने कार्यक्रम कृष्ण महर्जनको अध्यक्षतामा भएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.