• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

‘हाम्रो आशा र भरोसा भनेकै नेकपा हो,रामबजारवासीले भने रविन्द्रको झल्को विद्यामा देखिएको दावी

" रवीन्द्रले नै पोखराको विकास र समृद्धी गर्नुहुन्छ भन्ने थियो, "
  •      /२९ कार्तिक २०७६, शुक्रबार ०६:०१ ,  प्रकाशीत
  • पोखरा रामबजारबासीले नेकपाप्रति आफूहरुको आशा नटुटेको बताएका छन् । चुनावी घरदैलोका क्रममा पोखरा रामबजार पुगेकी विद्या भट्टराईलाई रामबजारबासी जनताले नेकपाप्रति आफूहरुको आशा कायम रहेको बताउँदै भोट दिने बाचा गरेका हुन् । साथै उनीहरुले स्वर्गिय रबिन्द्र पत्नी विद्या भट्टराई अधिकारीप्रति भरोसासमेत व्यक्त गरे ।

    भोट माग्दै पुगेकी विद्यालाई स्थानिय समाजसेवीसमेत रहेका भूतपूर्व सैनिक लालकाजी गुरुङले भने,‘हाम्रो आशा र भरोसा भनेकै नेकपा हो, सरकारले राम्रो काम गरेको छ, अझ राम्रो गरोस्, हाम्रो आशा अझै नेकपामै छ ।’

    रबिन्द्रको झल्को विद्यामा देखेको भन्दै उनले भने,‘रवीन्द्रप्रति हाम्रो सम्मान थियो, रवीन्द्रले नै पोखराको विकास र समृद्धी गर्नुहुन्छ भन्ने थियो, अब उहाँ रहनु भएन, उहाँकै झल्को दिनेगरी तपाईं आउनु भएको छ, हाम्रो भरोसा अब विद्याजीमा छ ।’

    कांग्रेसले भूपू सैनिकको कुरा सुन्दै नसुनेको भन्दै उनले भने,‘तर रवीन्द्रजीले कुरा सुनेर हाम्रो समस्या बुझ्नुपनि भएको थियो, एकपटक उहाँले संसदमा भूपू सैनिकको कुरा राख्नुपनि भएकै हो, तर कालले छिट्टै लग्यो र त्यो अधुरै रह्यो, अब त्यो हाम्रो समस्या विद्याले गर्नुहुन्छ भन्नेमा हामी विश्वस्त छौं ।’

    त्यस्तै स्थानिय ९३ वर्षिया बृद्धा पून्यकुमारी गुरुङले जनताको पार्टी नेकपा भएको बताइन् । हामीलाई बृद्धभत्ता दिने नेकपा नै हो,‘खै कांग्रेसले सबैभन्दा धेरै सरकार चलायो भन्छन्, तर हामीले कहिल्यै केहि पाएनौं, तर नेकपाले त हरेक महिना ३ हजार दिन्छ, हाम्रो त पार्टी भनेकै नेकपा नैत हो ।’ सो अवसरमा उम्मेद्वार विद्याले बृद्धा गुरुङबाट आशिर्वादसमेत लिएकी थिइन् ।

    घरदैलोपछि रामबजार मन्दिर परिसरमा आयोजित कोणसभामा बोल्दै नेकपाकी उम्मेद्वार विद्याले भूपू सैनिकको समस्या समाधान गर्ने जिम्मा आफू र आफ्नो पार्टी नेकपाले लिने बताइन् । उनले भनिन्,‘हिजो रवीन्द्रजीले तपाईंहरुको समस्या समाधान गर्ने जिम्मा लिनुभयो, अब उहाँले थालेको समस्या समाधानको जिम्मा म र हाम्रो पार्टी नेकपाले लिन्छ ।’ उनले रवीन्द्रको अभाव पोखरेली जनतालाई हुन नदिने बाचा गरिन् ।

    उम्मेद्वार विद्याले जनतालाई निराश हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै प्रत्येक गाउँपालिकासँग पोखरा जोड्ने लिंक रोड बनाउनका लागि आफूले नेतृत्व लिने बताइन् । उनले जितेर गाउँ नफर्किने पुरानो प्रचलन तोडेर अब आफू बारम्बार जनताको घरदैलोमा आउने प्रतिबद्धता व्यक्त गरिन् ।

    कोणसभामा बोल्दै नेकपाका केन्द्रीय सदस्य चुडामणी जंगलीले ‘समृद्ध पोखरा, सुखी पोखरेली’ बनाउन नेकपाले अभियान चलाइरहेको बताए । कांग्रेसले सरकारको बारेमा भ्रम सिर्जना गरिरहेको आरोप लगाउँदै उनले विकास र समृद्धीको बाटोमा सरकारले उल्लेखनीय काम गरिरहेको बताए । पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलदेखि मध्यपहाडी लोकमार्ग, सुरुङ मार्ग निर्माण, पेट्रोलियम पदार्थको पाइपलाइन बिस्तारलगायतका कार्यहरु उदाहरण भएको उनको भनाई थियो ।

    रामबजार भमरकोट पार्टी प्यालेसबाट शुरु भएको नेकपाको चुनावी घरदैलो पेन्सनक्याम्पहुँदै नयागाउँलगायतका क्षेत्रमा भइरहेको छ

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.