• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महोत्सव पुस २९ देखी माघ १२ सम्म

  •      /२९ कार्तिक २०७६, शुक्रबार १५:५६ ,  प्रकाशीत
  • पुसको २९ देखी माघको १२ गते सम्म पोखराको अमरसिंह चौरमा दशौ संस्करणको पोखरा महोत्सव हुने भएको छ ।सामाजिक काममा अगाडि रहेको युनाईटेड क्लवले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी दशौ संस्करणको पोखरा महोत्सवको वारेमा जानकारी दिएको हो ।

    स्थापना कालदेखी पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद पर्यटन प्रवद्र्धनका लागी पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणमा पहलकदमीका साथै सेती नदी संरक्षण र लोडसेडिङको बेला विभिन्न टोलहरुमा सौर्य बत्ती जडान गर्दै सामाजिक कामहरु मार्फत अगाडि वढिरहेको युनाईटेड क्लवले दशौ संस्करणको महोत्सवको संघारमा आइपुगेको पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो ।

    पत्रकार सम्मेलनमा महोत्सव आयोजक युनाईटेड क्लवका अध्यक्ष लालकाजी गुरुङले दशौ संस्करणको पोखरा महोत्सव सफल बनाउनका लागी आफ्नो संयोजकत्वमा ४० वटा विभिन्न उपसमितिहरु निर्माण गरी महोत्सवको तयारीलाई अगाडी वढाएको वताए ।

    महोत्सवको माध्यामबाटै सामाजिक काम गर्दै आइरहेको युनाईटेड क्लवले दशौ संस्करणको पोखरा महोत्सवको संघारमा आइपुग्दा हाल सम्म गरिव तथा जेहेन्दार विद्यार्थीहरुको शिक्षालाई मध्येनजर गरी कास्की र आसपासका जिल्लाका १२ वटा सामुदायिक विद्यालयहरुमा छात्रवृत्ति कोष स्थापना गरेको वताउदै अध्यक्ष गुरुङले आर्थिक अभाव भई स्वास्थ्य लाभ लिन नसकेका ग्रामिण भेगका जनताहरुलाई लक्षित गरी दर्जनौ स्वास्थ्य शिविर गरी निशुल्क औषधी वितरण गर्नुका साथै युवाहरुलाई खेलकुदमा अगाडि वढाउने उद्देश्यले विभिन्न खेलकुद प्रतियोगिताहरु आयोजना गर्नुका साथै खेलकुद प्रतियोगिताहरुमा सहयोग गर्दै आएको वताए ।

    क्लवले लिएको मुख्य उद्देश्य पोखरामा नया पर्यटकीय गन्तब्य खुल्ला चिडियाखानाको अवधारणा अनुसार स्थापना कालदेखीनै महोत्सवबाट आम्दनी हुने रकमको २० प्रतिशत रकम चिडियाखाना निर्माणमा लगानी गर्दै आएको र हाल सम्म ५५ लाख रकम चिडियाखाना निर्माणका लागी प्रदान गरिसकेको क्लवका अध्यक्ष गुरुङले वताए ।

    गुरुङका अनुसार क्लवको पहलमा पोखरा महानगरपालिकाको वडा नम्बर ३०,३१, र ३२ मा रहेको पचभैया, चापापानी चिसाकुना र चैनपुर सामुदायिक बन क्षेत्रको १३४ हेक्टर जमिनमा चिडियाखाना निर्माणको काम भइरहेको छ ।

    पोखरा जुलोजिकल पार्कको नामबाट २०७२ साउन १५ गते तत्कालिन स्वास्थ्यमन्त्री खगराज अधिकारीले सिलान्यास भइ सुरु भएको उक्त ठाउमा हाल पशुपंछी उद्दार केन्द्रको लागी भवनहरुको निर्माण, खानेपानी जडान, यातायातको सहजिकरणको लागी बाटो निर्माण कार्य अगाडी बढेको छ ,मृगस्थली , बाघ राख्ने खोर निमार्ण सम्पन्न भईसकेको छ ।

    पोखरा महोत्सवको सातौ संस्करणदेखी महोत्सवको प्रत्येक टिकटबाट एक रुपैया छुट्याइ सेती नदी सरसफाई गरी सेती नदीमा फोहोर नफालोस भनी सिसि क्यामेरा समेत जडान गरिसकेको र गत वर्षदेखी विपद ब्यवस्थापनको लागी अक्षयकोष स्थापना गरिएको क्लवले जनाएको छ ।
    महोत्सवमा २ सय ३० देखी २ सय ५० स्टल रहने छ ।

    महोत्सवमा पर्यटन प्रवद्र्धन र पर्यटकीय स्थानको बारेमा जानकारी दिने स्टललाई निशुल्क उपलब्ध गराउनुका सार्थ कृषि तथा हस्तकलाका स्टलहरुलाई विशेष छुटको ब्यवस्था गरिएको महोत्सव प्रचार प्रसार संयोजक शान्त बहादुर थापाले जानकारी दिए ।

    महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, व्यवसायीक संघ सस्थाहरुको सेवा बारे जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी, नेपाली संस्कृति झल्किने नृत्य प्रस्तुती रहने छ ।

    त्यसैगरी महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु द्धारा दोहोरी गीत प्रस्तुती, राष्ट्रिय तथा अन्तरराष्ट्रिय व्याण्डहरुको लाइभ कन्सर्ट, हांस्य ब्यङ्ग्य प्रस्तुती, नेपाली संस्कृति झल्कने प्रस्तुती, चमेना गृहको ब्यवस्था, बाल उद्यान, प्रदेश स्तरीय लोक दोहोरी गीत प्रतियोगीता ÷ झाकी प्रतियोगिताका साथै विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु रहने छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.