अख्तियारद्वारा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाइ सामाजिक ईकाई सञ्चालन गर्न रोक
"अख्तियार छापा मारी विभिन्न कागजपत्र जफत गरी अनुसन्धान थालेको थियो "
तपाईको प्रतिक्रिया





अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले अस्पतालमा सामाजिक सेवा ईकाई सञ्चालन गर्न दिने प्रक्रिया रद्द गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाइ निर्देशन दिएको छ।
सामाजिक सेवा ईकाई सञ्चालन गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान साविक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पोखरामा निर्देशिका विपरित आर्थिक प्रलोभनमा परी नियोजित ढंगले असल छिमेकी सहयोग संघ नेपाल (गोनेसा)लाई ल्याउन खोजिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा गएको साउन महिनामा उजुरी परेको थियो ।
सो उजुरीपछि अख्तियार अनुसन्धान आयोग पोखराले खरा स्वास्थ्य विज्ञान प्रतिष्ठान साविक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पोखरामा छापा मारी विभिन्न कागजपत्र जफत गरी अनुसन्धान थालेको थियो। अख्तियारले कागजपत्र लगेपछि अस्पतालको सामाजिक सेवा इकाइद्वारा संचालित फार्मेसीमा कार्यरत १० कर्मचारीको तलव र भत्ता रोकिएको थियो।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान साविक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पोखराका प्रशासन प्रमुख नारायण आचार्यले सामाजिक सेवा इकाई संचालन गर्नका लागि टेन्डर प्रक्रियाबाट असल छिमेकी सहयोगी संघ (गोनेसा}लाई दिने बोर्ड बैठक निर्णय भएको भए पनि अख्तियारमा उजुरी परेपछि गोनेसासंग सम्झौता नगरिएको जानकारी दिंदै अख्तियारको निर्देशंपछी त्यो प्रक्रिया पुरै रोकिएको जानकारी दिए।
Related