तनहुँको व्यास नगरपालिका–५ मोचाबारीमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–१ मानहुँ बस्ने ७६ वर्षीय लोकबहादुर विक रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
थर्पुबाट दमौलीतर्फ आउँदै गरेको बा ८२ प ६४९० नं को मोटरसाइकलले ठक्कर दिँदा घाइते विकको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए ।

Related