• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कालिगण्डकीमा मोटरसाईकल खस्दा पर्यटकको मृत्यु

  •      /१ मंसिर २०७६, आईतवार १३:५८ ,  प्रकाशीत
  • पोखरा देखि म्याग्दी हुँदै मुस्ताङ आउदै गरेका मोटर साईकलमा सवार एक विदेशी पर्यटक आईतबार म्याग्दी र मुस्ताङको सीमाक्षेत्र तल्लो घाँसा नजिक राष्ट्रिय गौरवको निर्माणधिन बेनी – जोमसोम सडकबाट ३ सय मिटर तल कालिगण्डकी नदीमा खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

    एचपि ५८ ए ३८६० नम्बरको मोटरसाईकल यात्राका क्रममा अनियन्त्रित भई सडकबाट खसेको मुस्ताङका प्रहरी प्रबत्ता आशिष अधिकारीले जानकारी दिए । उनका अनुसार पार्सपोर्ट नम्बर ५२५९५८६४ उल्लेख भएको वर्ष ६० का स्कटल्याण्डका पर्यटक फानीको आईतबार साझनै एयर डाईनेष्टिक हेलीबाट मणिपाल शिक्षण अस्पतालमा पुर्‍याई उपचार गर्ने क्रममा मृत्यु भएको हो । दुर्घटना आईतबार दिउसो ३ बजे भएको थियो ।

    मुस्ताङ यात्रामा रहेका मोटर साईकलमा सवार फानीको अनुहार र हातमा गम्भिर चोटपटक लागेको थियो । दुर्घटना भएको स्थान मुस्ताङ सदरमुकाम जोमसोम देखि ३५ किलोमिटर दक्षिणमा पर्छ ।

    दुर्घटनामा परी ज्यान गुमाएका स्कल्याण्डका पर्यटक फानी सहित उनका ८ जना साथीहरु मोटरसाईकल चढेर मुस्ताङ आउदै गरेको प्रहरीको भनाई छ । उनीहरुको टोलीमा चिकित्सक समेत भएको जनाईएको छ । दुर्घटनामा परी घाईत भएका फानीलाई नदीबाट सडकमा ल्याई प्राथमिक उपचार समेत गरिएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.