• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेकपा भन्छ कुनै तागतले हराउन सक्दैन, कांग्रेस भन्छ लालकिल्ला तोडेरै छाड्छौं

"कास्की २ मा नेकपाको विजय प्राविधिक रुपमा घोषणा गर्नमात्र बाँकी रहेको दावी "
  •      /२ मंसिर २०७६, सोमबार १५:१२ ,  प्रकाशीत
  • नेकपा नेताहरुले नेपालको समृद्धि यात्रा र जनताको चाहनालाई सम्बोधन गर्ने पार्टी नेकपामात्रै भएको दाबी गरेका छन् । उनीहरुले वैज्ञानिक सिद्धान्त, व्यवहारिक ज्ञान, कर्मठ कार्यकर्ता, सचेत मतदाता र देशको मार्गचित्र पार्टीसँग भएको दाबी गर्दै कुनै तागतले नेकपालाई हराउन नसक्ने जिकिर गरेका हुन् ।

    आइतबार पोखरा १७ दोबिल्लामा आयोजित कोणसभामा नेकपा कास्की अध्यक्ष कृष्ण थापाले देशभर नै नेकपाले भव्य नतिजा विजय हासिल गर्ने दाबी गर्दै कुनैपनि तागतले कास्की २ मा नेकपालाई हराउन नसक्ने जनाए । उनलेभने, ‘आफ्ना क्षेत्रका जनताको विश्वास गुमाएर पराजित भएका व्यक्तिहरु कास्कीमा आएर नेकपा विरुद्ध बोलेको सुनेको छु ।

    नैतिकता भन्ने चिज पनि हुन्छ नि ।’ तीनै तहका सरकारको काम, जनताको अपेक्षा सम्बोधन र नेता, कार्यकर्ताको लगनशिलताले कास्की २ मा नेकपाको विजय प्राविधिक रुपमा घोषणा गर्नमात्र निर्वाचन पर्खिनुपरेको बताए ।

    तर नेपाली काँग्रेसले भने जुनसुकै हालतमा पनि लालकिल्लाका रुपमा स्थापित कास्कीको क्षेत्र नं २ मा विजय हासिल गरेरै छाड्ने बताउदै आएको छ ।

    नेकपा उम्मेदवार विद्या भट्टराई अधिकारीले स्थानीय सरकार, प्रदेश र संघसँग समन्वय गरी जनताका सपना पूरा गर्ने प्रतिवद्धता गरिन् । पोखरा १७ को दोबिल्ला, लामतारा, समृद्धिटोल, महतगौडा, रातोपैह्रा, घारीपाटन लगायतका क्षेत्रमा घरदैलो गरी उनले रवीन्द्रले आरम्भ गरी पूरा हुन बाँकी कामको नेतृत्व आफूलाई दिन निर्वाचित गराउन आग्रह गरिन् ।

    नेकपा पोखरा १७ अध्यक्ष सुवास ढुंगानाले वडाको ८० प्रतिशत मत नेकपालाई आउने दाबी गरे । निर्वाचन परिचालन कमिटी पोखरा १७ का संयोजकसमेत रहेका ढुंगानाले मंगलबार पनि पोखरा १९ का विरौटा, छोरेपाटन लगायतका क्षेत्रमा उम्मेदवारसहितको घरदैलो हुने जानकारी दिए ।

    पोखराको कृष्ति नाच्नेचौरमा सोमबारै भविष्यनिर्माण बुथको कार्यालय उद्घाटन गरिएको छ । कार्यक्रममा नेकपा पोखरा महानगर अध्यक्ष दीपक पौडेलले नेकपाको मजबुत उपस्थिति देखेर विपक्षीहरु आत्तिएको बताए । उनले महानगरका ११ वटै वडामा नेकपालाई अघिल्लो निर्वाचनभन्दा बढी मत प्राप्त हुने दाबी गरे । सभामा प्रचारप्रसार कमिटी सहसंयोजक झपट रानाभाट र श्रीराम सुवेदीले पनि बोलेका थिए ।

    वडा नं ११ मा घरदैलो
    निर्वाचनलाई लक्षित गरी पोखरा २ का ११ वटै वडामा नेकपाले घरदैलो गरिरहेको छ । सोमबार वडा नं ११ का विभिन्न टोलमा घरदैलो भएको छ ।नेकपा केन्द्रीय कमिटी सदस्य चूडामणि जंगली, जिल्ला कमिटी सदस्य रुद्र विश्वकर्मा, पार्टी वडा कमिटी अध्यक्ष हर्कमान विश्वकर्मा,सचिव नारायणप्रसाद आचार्य लगायतले मतदातासमक्ष पार्टीको चुनावी प्रतिवद्धतासहित मत मागेका छन् ।

    सोमबारै ११ नम्वर वडामा बुध संयोजकहरुलाई प्रशिक्षणसमेत दिइएको छ ।नेकपा प्रदेश कमिटी सदस्य मीना गुरुङ र प्रदेश कमिटी सदस्य गंगा पोखरेलले युवालाई प्रशिक्षण दिएका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.