• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सबै धर्मलाई सँधै सम्मान गर्छु ; विद्या

"बृद्धभत्ता बढाउन भूमिका खेल्छु "
  •      /३ मंसिर २०७६, मंगलवार ११:३० ,  प्रकाशीत
  • नेकपाकी कास्की २ की उम्मेद्वार विद्या भट्टराई अधिकारीले सबै धर्मलाई आफूले सँधै सम्मान गर्ने बताएकी छन् । चुनावी घरदैलोका क्रममा पोखरा १७ छोरेपाटनस्थित गुप्तेश्वर महादेवमणी मन्दिर छोरेपाटन पुगेकी उनले धर्म, संस्कृति र संस्कारलाई साधै सम्मान गर्ने बताएकी हुन् ।

    रवीन्द्र सँधै धर्म र संस्कृतिको पक्षपाती भई त्यसको सुधारमा लगोको र आफूपनि उनको अनुयायी भएकाले त्यसप्रति सदैव सम्मान गर्नेगरेको उनको भनाई थियो । धर्म र संस्कृति समाजका अविछिन्न पाटाहरु हुन्,‘उनले भनिन्,‘तर यो समयसापेक्ष रुपमा परिमार्जित गर्न जरुरी छ ।’ सो अवसरमा उनले गुप्तेश्वर महादेवमणी मन्दिरमा चलिरहेको अखण्ड भजन किर्तनमा सहभागि भई भक्तजनसँगै नाच्दै मत मागेकी थिइन् ।

    घरदैलोका क्रममा उम्मेद्वार विद्या भट्टराई अधिकारीले मुक्तिनाथ विकास वैंकमा सामाजिक सुरक्षा भत्ता (बृद्धभत्ता) बुझ्न लामबद्ध बृद्धबृद्धाहरुसँग पनि मत मागिन् । उनले आगामी दिनमापनि पार्टीसँग भनेर बृद्धभत्ता बढाउने प्रतिबद्धता जनाइन् । सो अवसरमा बृद्धभत्ता बुझिरहेका बृद्ध बुबाआमाहरुले आफूलाई बृद्धभत्ता दिएर बाँच्ने आधार निर्माण गर्ने नेकपालाई नै यसपटक जिताउनका लागि विद्यालाई मतदान गर्ने बताएका थिए ।

    यसैबीच, छोरेपाटनमा आयोजित कोणसभामा बोल्दै नेकपाकी युवा नेतृ नवीना लामाले उम्मेद्वार विद्या सक्षम, योग्य र प्राज्ञिक व्यक्ति भएकाले उनी महिलाहरुको धरोहरको रुपमा रहेकाले महिलाको हक, अधिकार सुरक्षित गर्नका लागिपनि विद्यालाई जिताउनैपर्ने बताइन् ।

    प्रतिनिधि सभाका सांसद तथा नेकपा नेता तिलक महतले सच्चा राष्ट्रबादी शक्ति नेकपा भएको बताए । उनले देशको सिमाना नेकपाबाहेक अन्य कुनैपनि शक्तिले नसक्ने भएकाले सीमाना रक्षाका लागि नेकपालाई जिताउनुपर्ने बताए /

    छोरेपाटनमा आयोजित कोणसभामा कांग्रेससहित विभिन्न दलका ४५ भन्दा बढी व्यक्तिहरु नेकपा प्रवेश गरेका छन् ।

    यसैबीच, पोखरा वडा नम्बर ४ मा आदिवासी जनजाति निर्वाचन परिचालन समिति गठन भएको छ । नेकपा उम्मेद्वार विद्यालाई जिताउन राजकुमारी भुजेल ईञ्चार्ज र भक्त तामाङ संयोजक रहनेगरी ५१ सदस्यीय समिति बनेको हो । समितिले आदिवासी जनजातिको हक, अधिकार रक्षाका लागि विद्यालाई जिताउन अपिल गरेको छ ।

    पोखरा २१ निर्मलपोखरीमा पनि नेकपाको घरदैलो जारी रहेको प्रचारप्रसार सहसंयोजक झपट रानाभाटले जानकारी दिउ । उनका अनुसार निर्मलपोखरीको चिलाउने खर्क, बाँसपानी, महबारी, थाप्ले तिलाहार, फोक्सिङ, शिवालय क्षेत्रमा घरदैलो गर्दै अहिले कृष्तीको रातामाटा, पोखरेलथोक क्षेत्रमा घरदैलो जारी रहेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.