• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

महिला नेतृत्व स्थापित गर्ने ऐतिहासिक अवसर ; प्रदेश अध्यक्ष पाण्डे

"विद्या भट्टराई अधिकारीलाई जिताएर कास्केली जनताले कास्कीमा महिला नेतृत्व स्थापित गर्नुपर्ने "
  •      /३ मंसिर २०७६, मंगलवार ०६:२५ ,  प्रकाशीत
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डे (उत्तम)ले कास्की २ मा महिला नेतृत्व स्थापित गर्ने ऐतिहासिक अवसर प्राप्त भएको बताएका छन् ।

    प्रतिनिधि सभा कास्की २ की उम्मेदवार विद्या भट्टराई अधिकारीलाई जिताएर कास्केली जनताले कास्कीमा महिला नेतृत्व स्थापित गर्नुपर्ने उनको भनाई थियो । विद्यालाई जिताउन आयोजित घरदैलोपछिको कोणसभालाई मंगलबार विहान सम्बोधन गर्दै उनले विद्या भट्टराई अधिकारी सशक्त नारी हस्ताक्षर भएको र उनी समृद्धिको बाहकसमेत भएकाले उनलाई स्थापित गर्ने अवसर सदूपयोग गर्नुपर्ने बताए ।

    अध्यक्ष पाण्डेले कम्युनिष्ट बाहेक अरुले देश बचाउन नसक्ने ठोकुवा गरे । जतिपनि राष्ट्रघाती सम्झौता भएका छन् ती सबै कांग्रेसकै पालामा भएका छन्,‘उनले भने,‘त्यसैले देशलाई बचाउन कम्युनिष्टलाई जिताउनुको विकल्प छैन, कम्युनिष्ट बाहेक अरु कसैलाई देश बचाउन सक्दैन ।’ उनले कम्युनिष्टले मात्र देशको स्वाधिनता र राष्ट्रियता जोगाउन सक्ने बताए । कम्युनिष्ट नेतृत्वमा प्राप्त उपलब्धिलाई संस्थागत गर्नपनि कम्युनिष्ट उम्मेदवारलाई जिताउन आग्रह गरे ।

    अध्यक्ष पाण्डेले २ वर्षअघी कम्युनिष्टलाई शालिन रुपमा जनताले म्याण्डेट दिएको र उपचुनावमा सोहि म्याण्डेटलाई अनुमोदन गर्नपनि कम्युनिष्टलाई नै भोट दिन आग्रह गरे ।उम्मेदवार विद्या भट्टराई अधिकारीले पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल निर्माण गरेर पोखरालाई अन्र्तराष्ट्रिय रुपमा चिनाउने र जोड्ने पहल भइरहेको र त्यसको नेतृत्व रवीन्द्र अधिकारीले गरेकाले अब बाँकीकाम आफूले गर्ने बताइन् ।

    पूर्वाधार विकास बिना समृद्धि सम्भव नरहेको बताउँदै उनले पोखरालाई भौतिक पूर्वाधारयुक्त बनाउन आफूसँग थुप्रै योजनाहरु रहेकाले सो योजना कार्यान्वयनका लागि आफूलाई मतदान गरेर बिजयी गराउन आग्रह गरिन् ।

    विगतमा ३ पटक रवीन्द्रलाई पोखरेली जनताले दिएको विश्वासको मत यसपटकपनि जारी राखेर न्याय र समृद्धिको यात्रामा हातेमालो गर्न उनले आग्रह गरिन् । उनले आफू बिजयी भएर जनताको घरदैलोमा आइरहने र जनताको साथ, सहयोग र सुझावका आधारमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।

    यसैबीच, पोखरा २१ मा नेकपा पोखरा महानगर कमिटी अध्यक्ष दीपकको नेतृत्व जनता भेटघाट कार्यक्रम भइरहेको प्रचारप्रसार सहसंयोजक झपट रानाभाटले जानकारी दिए । जनता भेटघाट कार्यक्रममा नेकपाका जिल्ला सदस्यहरु, नेकपाका वडाध्यक्ष, पूर्व जनप्रतिनिधिहरुसहित स्थानीयको बाक्लो सहभागिता रहेको बताइएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.