• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्कीमा कांग्रेसका चुनावी कमाण्डर नै नेकपा प्रवेश गरे

  •      /३ मंसिर २०७६, मंगलवार १४:२९ ,  प्रकाशीत
  • पोखरा महानगर पालिका वडा नम्बर १७ मा नेपाली कांग्रेसको निर्बाचन परिचालन गर्ने जिम्मा लिएका व्यक्ती नै नेकपा (नेकपा) प्रवेश गरेका छन् । पोखरा १७ को जानकी बुथका बुथ समिति सभापति तथा वडा नम्बर १७ निर्बाचन परिचालन समितिका सहसंयोजक नगेन्द्र शर्मा भण्डारीले कांग्रेस त्यागेको हुन ।

    मंगलबार नेकपाको घर दैलो पछि आयोजित चुनावी सभामा नेकपा प्रवेश गरेको घोषणा गरेका शर्माले विद्या भट्टराई अधिकारीलाई विजयी बनाउन सकृय भएर लाग्ने बताए । दिवंगत नेता रविन्द्र अधिकारीको व्यक्तित्वबाट प्रभावित भएको बताउदै उनले विद्यामा पनि उहाँकै प्रतिविम्ब देखेकाले पार्टी मै प्रवेश गरेर साथ दिने प्रण गरेको बताए ।

    ‘म कांग्रेस कै प्रचारमा हिडेको बेलामा पनि भेट्नासाथ ‘ठिक छ ?’ भन्दै अंगालो हाल्नुहुन्थ्यो ।’ उनले रविन्द्रलाई सम्झदै भने–‘त्यस्तो आत्मिय नेता गुमायौं, अब उहाँले देखेको सपना पुरा गराउने अभियानमा जति सक्छु त्यति योगदान दिन्छु ।

    स्थानीय व्यवसायी तथा समाजसेवीका रुपमा स्थापित नगेन्द्रले आफुसंग दुई सय भन्दा बढी शुभचिन्तकको साथ रहेको र उनीहरु पनि आफुसंगै नेकपा बनेको बताए ।

    यस अघि मंगलबार नै वडा नम्बर १७ कै शितल चौतारीमा अयोजित कोण सभामा नेपाली कांग्रेसका कार्यकर्ता शुभाष रोकाय सहितका ४० जना नेकपा प्रवेश गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.