देशकाे झण्डा माथि उठाएर नेकपाले राष्ट्रवादका पक्षमा काम गरेकाे छ ; सह इन्चार्ज खगराज अधिकारी
"सरकारले समृद्ध नेपाल र शुखी नेपालीकाे नारा अगाडी सारेर समृद्ध नेपाल बनाउने अभियान शुरु गरिसकेकाे छ "
तपाईको प्रतिक्रिया





कृष्ण अन्जान ज्ञवाली
मार्क्सवाद लेनिनवाद र जनताकाे जनवाद नेकपाकाे मार्गदर्शक सिद्धान्त भएकाे नेकपाका नेता तथा गण्डकी प्रदेशका सह इन्चार्ज खगराज अधिकारीले बताएका छन ।
पाेखरा १६ काे बाटुलेचाैरमा मँगलबार पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बाेल्दै उनले सरकारले समृद्ध नेपाल र शुखी नेपालीकाे नारा अगाडी सारेर साँच्चै नेपाललाइ समृद्ध बनाउने अभियान शुरु गरिसकेकाेले बिचलित नहुन कार्यकर्तालाई अाह्वान गरे ।
देश शुसासन तर्फ अगाडि बढेकाे बताउँदै सरकारले कसैलाइ बाँकि नछाड्ने र भ्रष्टाचार प्रमाणित भए कारवाहि हुने वताए ।देशकाे झण्डा माथि उठाएर नेकपाले राष्ट्रवादका पक्षमा काम गरेकाे र १९५०काे सन्धि खारेजी सिमा अतिक्रमण विरुद्ध खबरदारी गर्दै कालापानीबाट नेपाली सेना हटाउने कुरामा भारत सँग कम्युनिस्ट सरकारका प्रधानमन्त्री हरुले मात्र दह्राे गरि अावाज उठाएकाे उनले बताए ।
उनले भने कास्की २ काे निर्वाचन पार्टीका लागि वाध्यात्मक परिस्थिति भएकाले याे निर्वाचनमा बिध्यालाइ जिताउनका लागि सम्पूर्ण कार्यकर्ता दिनरात नभनी खट्नु पर्नेमा उनकाे जाेड थियाे ।उनले कम्युनिस्ट कार्यकर्ता गतिशिल बन्नु पर्ने बताए ।
प्रशिक्षण कार्यक्रममा बाेल्दै निर्वाचन परिचालन कमिटी क्षेत्र न २ का सँयाेजक राजकाजी गुरुँगले कार्यकर्तालाई निर्वाचनकाे माहाैल तयार गर्दै मतदातामा केन्द्रित हुन निर्देशन दिए ।
उनले मतदाता शिक्षालाइ प्राथमिकतामा राखेर हरेक मतदाताका घरघरमा पुग्नु पर्ने बताए ।निर्वाचन परिचालन कमिटी बाटुलेचाैरले अायाेजना गरेकाे कार्यकर्ता प्रशिक्षणमा यश क्षेत्रका नेकपाका कार्यकर्ताकाे बाक्लाे उपस्थिति थियाे ।
साेहि कार्यक्रममा नेपाली काँग्रेसवाट स्थानिय निर्वाचनमा वडा सदस्य का उम्मेदवार रहेका यश क्षेत्रका सामाजिक अभियन्ता पुष्प राज तिम्सिनाकाे नेतृत्वमा एऊटा समूह नेकपामा प्रवेश गरेकाे छ ।
साविक अर्मला समेत सामेल भइ बनेकाे याे वडामा १० हजार ३ सय पन्चानब्बे मतदाता रहेका छन ।स्थानीय तहमा नेकपाले विजय हासिल गरेकाे याे वडामा यतिवेला विकास निर्माणले गति लिएकाे छ ।
मुख्य रुपमा स्वर्गीय रविन्द्र अधिकारीकाे निर्वाचन क्षेत्र रहेकाे याे वडामा पर्यटन ,कृषि ,सडक पुर्वाधार ,धार्मिक मठ मन्दिर तथा सँस्कृति सँरक्षणका क्षेत्रमा काम भएकाे छ।
Related