रोकी राखेको गाडीमा स्कुटर ठक्कर खाँदा पोखराको सिमलचौरमा एक जना गम्भिर घाइते भएका छन् ।
पोखरा महानगर -८ सिमलचौर स्थित रोकिराखेको ग २ च ६७२९ नम्बरको दुध बोक्ने गाडीमा ग ११ प १६४८ नम्बरको स्कुटर ठक्कर खाँदा सोही स्थान बस्ने बर्ष १७ का सिजन सिग्देल घाइते भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
घाइते सिग्देललाई तत्काल उपचारका लागि नागढुंगा स्थित फेवासिटी अस्पताल लगिएकोमा अस्पतालले थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल रिफर गरेको छ ।
घाइतेको अबस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ । घटनास्थलबाट प्रहरीले दुवै सवारीसाधन लाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।

Related