• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

विद्याको उद्घोष ‘देश विकासको महा अभियानको सारथी बन्छु’

"विकास र समृद्धीको यात्राको महाअभियानमा सारथी बन्ने  "
  •      /४ मंसिर २०७६, बुधबार ०५:४६ ,  प्रकाशीत
  • नेकपा कास्की २ की उम्मेद्वार विद्या भट्टराई अधिकारीले नेकपाले अघि सारेको देश विकासको महाअभियानको आफू सारथी बन्ने बताएकी छन् ।

    चुनावी घरदैलोका क्रममा स्वर्गिय पती रवीन्द्र अधिकारीको गाउँ पोखरा–३३ भरतपोखरी पुगेकी उनले बुधबार विहान तल्लो पुँडिटारमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै विकास र समृद्धीको यात्राको महाअभियानमा आफू त्यसको सारथी बन्ने बताएकी हुन् ।

    नेकपाको नेतृत्वमा अहिले देशको विकास र समृद्धीको महाअभियान शुरु भएको छ,‘उनले भनिन्,‘यो महाअभियानलाई सफल बनाउने जिम्मा तपाईं हाम्रै हो, म यो अभियानको सारथी बन्न चाहन्छु ।’ पोखराको विकासमा रवीन्द्रको ठूलो योगदान छ,‘उहाँको नेतृत्वमा अघि बढेका कयौं योजनाहरुको कार्यान्वयन भइरहेका छन्, कयौं अझै बाँकी छन् त केहि अलपत्रपनि होलान्, ति सबै योजनाहरु पूरा गर्नका लागि म उम्मेद्वार बनेकी हुँ, म ति अधुरा योजनाहरु पूरा गरेरै छाड्छु ।’

    कार्यक्रममा बोल्दै नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले उच्च उत्साहका साथ आफूहरु चुनावमा होमिएको भन्दै रवीन्द्रको नेतृत्वमा नेकपाले अघि सारेका योजना तथा अघिल्लो चुनावमा सार्वजनिक गरिएको घोषणापत्र पूरा गर्ने प्रतिबद्धता जनाए । उनले आफूपनि भरतपोखरी क्षेत्रको जनप्रतिनिधि भएको बताउँदै अब विद्यासँग सहकार्य गरेर विकाको मूल फुटाउँदै समृद्धीको यात्रामा अघि बढ्ने बताए ।

    पोखरा ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यले रवीन्द्रको योजना अनुसारै वडाले विकासका कामहरु गरिरहेको बताए । युवा नेता रश्मी आचार्य, नेकपा पोखरा ३३ का वडा अध्यक्ष गुरुप्रसाद क्रान्तिकारी, सचिव गोपाल पुन लगायतले नेकपाको नेतृत्वमा समृद्धीको यात्रा पूरा गर्न विद्यालाई जिताउनुपर्नेमा जोड दिएका थिए ।

    स्वर्गिय पती रवीन्द्रको गाउँ भरतपोखरीमा चुनावी घरदैलोमा पुगेकी रवीन्द्र पत्नी विद्या भट्टराई अधिकारीलाई घरघरमा पानीको घडा राखेर स्वागत गरेका थिए । रवीन्द्रलाई ३÷३ पटक जिताएका भरतपोखरीबासीले उनकै पत्नी विद्या उम्मेद्वार बनेर गएपछि उनलाई स्वागत गर्न मानव सागर उर्लिएको थियो । उनीहरुले विद्यालाई खुट्टा नकमाई अघि बढ्न ढाडस दिदै जिताएरै छाड्ने बाचासमेत गरे ।

    साथै उनीहरुले प्रधानमन्त्री ओलीले राष्ट्रियताको सवालमा देखाएको अडान सराहनीय रहेको भन्दै आगामी दिनमा पनि राष्ट्रियता डगमगाउन नदिई अघि बढ्न सुझाव दिदै विद्या भोट दिने बताएका थिए ।

    स्वर्गिय पर्यटनमन्त्री रवीन्द्र अधिकारी, सहीद तुलराज आचार्य र पशुपती भुँगाईको तस्वीरमा माल्यार्पण गरी भरतपोखरीमा घरदैलो शुरु गरेकी विद्याले बुधबार दिनभरी सोहि क्षेत्रमा घरदैलो र कोणसभा गर्ने जनाइएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.