• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सरकारलाई सबक सिकाउनका लागि कास्कीमा काँग्रसले चुनाव जित्नै पर्ने

"स्याङ्जालीहरूको खेमराजलाई जिताउने प्रतिवद्धता "
  •      /४ मंसिर २०७६, बुधबार १४:५९ ,  प्रकाशीत
  • नेपाली कांग्रेसका नेता एवं कास्की–२ का चुनावी कमाण्डर डा. मिनेन्द्र रिजालले यो चुनाव कांग्रेसले जित्नुको विकल्प नभएको बताएका छन् । नेता रिजालले मुलुक व्यथितितर्फै उन्मुख भइरहेको भन्दै सरकारलाई सबक कै लागि भए पनि चुनाव जितेर कास्कीबाट गतिलो सन्देश दिन आवश्यक रहेको बताए ।

    नेता रिजालले भने, ‘भ्रष्टाचार व्याप्त भएको छ । सरकारका कुनै पनि काम आहा भन्न लायकका छैनन्, सरकारको अर्कमण्यतालाई हामीले हेरेर मात्रै बस्न पनि भएन । अब नागरिकले भ्रष्टाचार सहदैनन्, उनीहरूमा विश्वास गुमेको बेलामा उपनिर्वाचनलाई सदुपयोग गर्नुपर्छ ।’

    ‘जनताले विकास चाहियो, देश भ्रष्टाचारमूक्त हुनुपर्यो भनेका छन्, निर्मला हत्या काण्डको कार्बाही कहाँ पुग्यो ? भनेर प्रश्न गरेका छन्, चिकित्सा शास्त्रको अध्ययनमा भईरहेको विसंगतिलाई सरकारले रोक्न सकेको छैन’, नेता रिजालले भने, ‘हामीले सरकारको यस्तै गलत रबैयालाई चिर्दै, एकताको सन्देश प्रवाह गर्न चाहेका छौं ।’

    सीमा अतिक्रमणको बारेमा सरकार समयमा प्रष्ट हुन नसकेको नेता रिजालले आरोप लगाए ।एनले निरन्तर ६० वर्षको निस्कलंकित ईमान्दारीको राजनीति गरेका कांग्रेस उम्मेदवार खेमराज पौडेललाई कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा उपनिर्वाचनमा जिताउनुको विकल्प नभएको बताए ।

    ‘कास्कीमा धेरै मानिससंग भेट गरें, सबैलाई करको चिन्ता छ, व्यवसाय फस्टाउन सकेको छैन भनिरहेका छन्, पर्यटन क्षेत्र खाली भएको व्यवसायीले गुनासो गरीरहेका छन्’, नेता रिजालले भने, ‘होटलहरू खाली भएका छन्, पर्यटनको नारा दिएको सरकारले पर्यटन क्षेत्र नै आक्रान्त बनिरहेका छ, उपभोगमा समस्या भएको छ, हरेक बस्तु आयात गर्नुपरेको छ, बिप्रेसन आउने क्षेत्रमा कसैलाई हौसला दिन सकिएको छैन र पर्यटक आउने बेलामा यो क्षेत्र मुर्झाएर बसेको छ, अब भन्नोस् सरकारले अरु के गर्छ ?’ उनले हरेक चुनाव पहिलो हुने भएकोले यो चुनाव पनि पहिलो हो, यो पहिलो उपनिर्वाचनमा जनताले कांग्रेस उम्मेदवार पौडेललाई जिताएर पहिलो नै हुने दावी गरे ।

    खेमराजलाई जिताउने प्रतिवद्धता

    यसैबीच स्याङ्जा घर भई हाल पोखराका विभिन्न स्थानमा वसोवास गर्दै आएका स्याङ्जालीहरूले यो पटक कांग्रेस उमेद्वार खेमराज पौडेललाई भारी मतले जिताउने बताएका छन् । नेपाली कांग्रेस, स्याङ्जा–पोखरा सम्पर्क समितिले बुधवार पोखरामा आयोजना गरेको चुनावी भेलामा उनीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

    उनीहरूले नेपाली कांग्रेसले खेमराज पौडेल जत्तिको निष्ठावान राजनीतिकर्मीलाई उम्मेदवार बनाएकाले यो पटक सबै स्याङ्जालीहरूको भोट एकै ठाउँमा केन्द्रीत हुने बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.