• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

जनविश्वास माथि कुठाराघात गर्दिन ; उम्मेदवार केसी

"भ्रष्टाचार विरुद्ध बोल्दै देश विकास र राष्ट्र हाँक्ने नेतृत्व लिन चुनावी मैदानमा "
  •      /४ मंसिर २०७६, बुधबार १५:१५ ,  प्रकाशीत
  • साझा पार्टीले पोखरा–१५ मा उपनिर्वाचन लक्षित घरदैलो कार्यक्रम गरेको छ । कास्की निर्वाचन क्षेत्र नं–२ मा हुने उपनिर्वाचनका लागि मतदाता भेट्न पार्टीका केन्द्रिय संयोजक रवीन्द्र मिश्र, पार्टीका तर्फबाट उम्मेदवारी दिएकी रजनी केसीसहितको टोली बुधबार सो वडामा पुगेको हो ।

    मतदाता भेटघाट पछि पार्टीले बुधबार साँझ वडा नम्बर १५ को ट्याक्सी चोक र शिव मन्दिर चोकमा साझा चुनावी कोणसभा आयोजना गरेको थियो । ट्याक्सी चोकमा आयोजित सभालाई सम्बोधन गर्दै उम्मेदवार केसीले जनताले आफू र पार्टीप्रति गरेको विश्वास माथि कहिल्यै कुठाराघात नगर्ने प्रतिबद्धता जनाइन् ।

    उनले जनता साझा पार्टीप्रति सकरात्मक रहेको अनुभव सुनाइन् । ‘घरदैलो कार्यक्रम लिएर कास्की–२ को विभिन्न वडामा पुग्दा मतदाताले निकै उत्साह थप्नुभएको छ, अब साझा पार्टी नै कम्युनिष्ट र कांग्रेसको विकल्प बनेर आयो भन्दा खुसी लाग्छ,’ उनले भनिन् ।

    उनले साझा पार्टी भ्रष्टाचार विरुद्ध बोल्दै देश विकास र राष्ट्र हाँक्ने नेतृत्व लिन चुनावी मैदानमा होमिएको स्पष्ट पारिन् । हरेक क्षेत्रमा भ्रष्टाचारले जडो गाडेको बताउँदै उनले थपिन्, ‘योग्यता र क्षमता भएकले भन्दा पार्टीका कार्यकताले प्रथामिकता पाउन थाले, योग्यता भएकाहरु देशमा बस्न सक्ने अवस्था भएन ।’ चुनावको समयमा प्रलोभनमा पारेर मत बदल्ने चलखेल गर्ने परिपाटी रहेकाले स्वतन्त्र भएर मत खसाल्न उनले आग्रह गरिन् ।

    यस्तै सभालाई सम्बोधन गर्दै केन्द्रिय संयोजक रवीन्द्र मिश्रले पुराना दलका कारण असल राजनीतिज्ञले देश विकास गर्लान भन्ने विश्वास ध्वस्त भएको आरोप लगाए । ‘गएको ३० वर्षदेखि चुनाव जितेर गएकाहरुले आफू र आफ्नो परिवार बनाए, जनतालाई जहाँको त्यहीँ छाडे,’ उनले भने, ‘त्यसले गर्दा देशमा असल राजनीतिज्ञ छन् र देश परिवर्तन गर्लान भन्ने जनतामा विश्वास छैन् ।’

    कस्केलीलाई जनता नेतृत्वप्रति असन्तुष्ट छन् भन्ने सन्देश दिने अवसर आएकाले सदु¥योग गर्न उनले आग्रह गरे । बिहिबार पोखरा–१७ मा घरदैलो कार्यक्रम गरिने पार्टीका कास्की जिल्ला संयोजक अर्जुन प्रसाद खनालले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.