• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

आयल निगमको अपहरित ट्याङ्कर धनुषामा भेटियो

"पार्किङ गरिएको अवस्थामा ट्याङ्करलाई अपहरणकारीले कब्जामा  "
  •      /४ मंसिर २०७६, बुधबार ०४:२१ ,  प्रकाशीत
  • नेपाल आयल निगमको आइतबार रातिदेखि हराइरहेको डिलेज लोड भएको ट्यांकर धनुषामा फेला परेको छ।

    गत आइतवार निगमको इन्धन डिपो अमलेखगञ्जबाट अपराह्न २ बजे २० हजार डिजल लोड गरेर १ नम्बर प्रादेशिक कार्यालय विराटनगर प्रस्थान गरेको ना ४ ख ४१६३ नम्बरको ट्यांकर सोही दिन राति सिरहाबाट बेपत्ता भएको थियो।

    इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार बेपत्ता भएको ट्याङ्कर धनुषाको रामदहैया भवाडे भन्ने स्थानमा फेला परेको हो । उनले यसबारे विस्तृत अनुसन्धान भइरहेको बताए ।

    सिरहाको लहानस्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत हुलाक कार्यालय अगाडि पार्किङ गरी विश्राम गरेको अवस्थामा मध्यरातमा अज्ञात समूहको अपहरणमा परेको थियो। नेपाल आयल निगमका प्रवक्त वीरेन्द्र गोइतका अनुसार नेपाल आयल निगमका ढुवानीकर्ता राजेश गुप्ताको नाममा करार सम्झौता भइ सञ्चालनमा रहेको उक्त ट्याङ्कर बेपत्ता भएको थियो ।

    आइतबार राति करिब १२ बजेको समयमा लहानस्थित हुलाक कार्यालय अगाडि विश्राम गर्नका लागि पार्किङ गरिएको अवस्थामा ट्याङ्करलाई अपहरणकारीले कब्जामा लिएको आयल निगमले जनाएको छ ।

    ट्याङ्ककरका चालक र सहचालकलाई आँखामा पट्टी बाँधेर गाडीमा राखेर बर्दिबास र लालबन्दी बीचको जंगलमा लगेर छाडेको गोइतले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.