• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

१३ औं सागमा प्याराग्लाइडिङ प्रतियोगिता नहुने

  •      /५ मंसिर २०७६, बिहीबार ०४:३३ ,  प्रकाशीत
  • दक्षिण यसियाली खेलकुद (साग) को १३ औं संस्करणमा प्याराग्लाइडिङ समावेश नहुने भएको छ । प्याराग्लाइडिङ खेल सराङकोटको तोरीपानीमा सञ्चालन गर्ने तय थियो । र नाम दर्ता गर्न बुधबारसम्म अन्तिम समय तोकिएको थियो ।

    तर नेपाल र पाकिस्तानबाहेक तेस्रो राष्ट्र सहभागी भएन । नेपाल प्याराग्लाइडिङ एसोसिएसनका महासचिव शैलेन्द्र रावतले तेस्रो राष्ट्रले खेलाडी दर्ता नगरेपछि प्रतियोगिता नहुने निश्चित भएको जानकारी दिए ।

    ‘पाकिस्तानबाट पनि जम्मा २ जना खेलाडीको नाम दर्ता भएको छ । जबकी प्रतियोगितामा भाग लिन ५ पुरुष र ३ महिला अनिवार्य हुनुपर्छ,’ उनले भने, ‘दर्ता भएको राष्ट्रले पनि खेलाडी संख्या नपुर्‍याएकाले खेल नहुने भएको हो ।’ सागको नियम अनुसार प्रतियोगिता हुन कम्तीमा ३ राष्ट्र सहभागी हुनुपर्छ ।

    सागमा प्याराग्लाइडिङ समावेश नहुने भएपछि नेपाललाई पदक तालिकमा असर पर्नेछ । वैशाखदेखि नै नेपाली खेलाडीहरु प्रशिक्षणमा छन् । प्याराग्लाइडिङमा हामीले ८ वटा स्वर्ण मध्ये कम्तिमा ६ वटा स्वर्ण पदक जित्ने नेपालको अपेक्षा थियो । अब पोखरामा ८ खेल मात्रै हुने भएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.