• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेकपाको प्रतिवद्धता ; थपिएका सबै वडा महानगर जस्ता बनाउँछौं

"आवश्यक पूर्वाधार र सेवा, सुविधा विस्तार गर्ने प्रतिवद्धता  "
  •      /५ मंसिर २०७६, बिहीबार ०९:२२ ,  प्रकाशीत
  • पोखरा महानगरमा गाभिएर ३३ नं. वडा बनेको साबिक भरतपोखरी अझै गाउँजस्तै छ । पूर्व मन्त्री रवीन्द्र अधिकारीको जन्मस्थान भरतपोखरीमा बुधबार र बिहीबार नेकपा नेता, कार्यकर्ता कास्की २ का उम्मेदवार विद्या भट्टराई अधिकारीसहित घरदैलोमा छन् ।

    घरदैलो र कोणसभामा नेकपा नेताहरुले पोखरा महानगरमा पछि थपिएका ग्रामीण भागमा चाडै महानगरलाई आवश्यक पूर्वाधार र सेवा, सुविधा विस्तार गर्ने प्रतिवद्धता जनाएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भई ३ तहका सरकार बनेपछि पछि थपिएका वडालाई प्राथमिकतामा राखेर विकास, निर्माण भइरहेको उनीहरुले बताए ।

    पोखरा ३३ मा कृष्ति निर्मलपोखरी सडक निर्माण सकिएको छ भने पुँडिटार र लामगादीमा मोटरेबल पुल निर्माण भएको छ । वडामा पर्ने चिसापानी दुलेगौंडा सिँगारेबास सडक खण्ड स्तरोन्नति पनि जारी चछ । नेकपा पोखरा ३३ अध्यक्ष गुरुप्रसाद क्रान्तिकारीले भरतपोखरी–कृष्ति –निर्मलपोखरी बृहत खानेपानी योजना चाडै सम्पन्न हुने अवस्थामा पुगेको उल्लेख गरे ।

    गएको चुनावपछि भरतपोखरी स्वास्थ्य चौकी भवन, ओमकारेश्वर मन्दिर, भुलभुला मन्दिर र तिक्लाङ खेल मैदान यहाँ बनेको अध्यक्ष क्रान्तिकारीले जनाकारी दिए । सरस्वती टीका, शान्तिउदय र शिशुकल्याण माविमा नयाँ भवनहरु बनेका छन् ।

    नेकपा नेतृत्वको प्रदेश सरकारले पुँडीटारमा औद्योगिक क्षेत्र निर्माण, लामगादी र बाच्छेबुडुवा पुल, कास्की र स्याङ्जा जोड्ने सुरौँदी नदिमाथि पुल बनाउने योजना अघि सारेको कार्यकर्तामाझ पोखरा ३३ का चुनावी कमान्डर भीम कार्कीले जानकारी दिए । उनले प्रदेश सरकारले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्य सुरु भएको र विरौटाचोक, दोबिल्लादेखि पुँडिटार कोत्रे बाइपास सडक निर्माणका लागि बजेटसमेत विनियोजन भइसकेको जानकारी दिए ।

    पोखरा ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यले महानगरले वडामा कनेक्टीभिटी सडक अन्तर्गत भगवती चौतारा, ठूलढुंगा–गैरागाउँ–डाँडागाउँ नमुनामार्ग हुँदै चण्डी–चैनपुर देउराली सडक खण्ड स्तरोन्नति गरिरहेको बताए । उनले शान्ति उदय र टीका माविमा बस सेवा सुरु गरिएको उल्लेख गर्दै चाडै लामगादीमा डबल लेनको मोटरेवल पुल, घारी कुर्लिङ(चौवादी), घारी तल्लो पुँडी र चमेरे घाटमा मोटरेबल पुल बनिसक्ने बताए ।

    सामन्तवादको पृष्ठपोषक होइन, जनताको सेवक बन्छु ः विद्या
    कास्की निर्वाचन क्षेत्र नम्बर २ की नेकपाकी उम्मेद्वार विद्या भट्टराई अधिकारीले आफू सामन्तबादको पृष्ठपोषक नभई जनताको सेवक बन्ने प्रतिबद्धता गरेकी छन् ।

    चुनावी घरदैलोका क्रममा विहीबार विहान पोखरा–३३ ठूलढुंगा, कसेरी, आपुभञ्ज्याङ, मालागिरी क्षेत्रमा भएको छुट्टाछुट्टै चुनावी कोणसभामा उनले भनिन्, ‘म अरुजस्तो सामन्तवादको पृष्ठपोषक बन्दिन । तपाईंहरुकै सेवक बन्छु ।’ उनले महिला, पिछडिएका वर्ग, दलित, जनजाति लगायतलाई आर्थिक रुपमा सबल बनाउन सकेमात्र समृद्धि सम्भव भएको बताउँदै त्यसका लागि आफू लागिपर्ने बताइन् ।

    कार्यक्रममा पोखरा ३३ का चुनावी कमान्डर तथा नेकपा केन्द्रीय सदस्य भीम कार्की, प्रदेश कृष्ण थापा, नेकपा नेताहरु विजयबाबु वनबासी, शंकर केसी, रश्मी आचार्य, नेकपा ३३ का अध्यक्ष गुरुप्रसाद क्रान्तिकारी लगायतले पोखराको समृद्धि र विकासको सपना पूरा गर्ने प्रतिवद्धता जनाए ।

    पोखरा १५ र २१ मा नेकपाको घरदैलो जारी छ । नेकपा उम्मेद्वारलाई विजयी बनाउन घरदैलो जारी रहेको प्रचारप्रसार समिति सहसंयोजक झपटबहादुर रानाभाटले जानकारी दिए ।

    लमजुंगेले बनाए सहयोग समिति
    चुनावमा नेकपा उम्मेदवारलाई सघाउन लमजुङ कास्की निर्वाचन सहयोग समिति पोखरामा गठन भएको छ । लमजुङबाट पोखरा आई बसेकाहरुको मंगलबार भएको भेलाले दीपकराज घिमिरे संयोजक र हरेराम धिताल सचिव रहेको २७ सदस्यीय समिति बनाएको हो ।

    भेलामा नेकपा गण्डकी प्रदेश मुख्य सचेतक मायानाथ अधिकारी र जिल्ला अध्यक्ष मधुमाया अधिकारीले नेकपाको लोकप्रियताका कारण देशभरि नै उपचुनावमा आशातीत विजय हासिल हुने बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.