• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पूजा गर्दागर्दे दलितको घर भन्ने थाहा पाएर भागेका पण्डित प्रहरी हिरासतमा

"सुट्क्कै पण्डित भागे पछी खैलाबैला नै मचिएको थियोे  "
  •      /५ मंसिर २०७६, बिहीबार १५:५८ ,  प्रकाशीत
  • कपिलवस्तुको शिबराज नगरपालिका ५ चनौटाका मिलन बिकले कार्तिक ३० गते आफ्नो घरमा घर पैचो , सत्यनारायणको पुजा राखेका थिए पुजा गर्ने पण्डित गाउँकै कृष्ण पौडेलको सहयोगमा बोलाएको थियोे ।

    कार्तिक ३० गते बिहान ८ बजेतिर आएका पण्डित द्वयले बिकको घरमा सत्यनारायणको पुजा शुरु गरेका थिए पुजाको विधि लगभग आधाजती सकिए पछी उनीहरुले पुजा गरेको घर दलितको हो भन्ने थाहा पाएका थिए । कसैलाई नभनी सुट्क्कै पण्डित भागे पछी खैलाबैला नै मचिएको थियोे । बिकले केही बेर त पर्खे तर ऊनीहरु भागेको कुरा थाहा पाए पछी बाकी पुजा नै रोकिएको थियोे ।

    मिलन बिक भन्छन् , अरु केही कारण होईन हामी दलित भएको कारण नै पण्डितहरुले पुजा छोडेर गएका हुन् । पण्डितहरुलाई म चिन्दिन कन्ट्याकबाट ल्याएको हो । घटना भए पछि सम्पर्क गर्न खोज्दा र छलफलको लागी बोलाउदा पनि उनिहरु आएनन् । मिडियामा यो घटना आए पछी सबैको चासो बढेको र उनीहरुलाई कानुनी कारवाहीको समेत सबैबाट माग आएको हुँदा यो मुद्दा र घटना मेरो घरमा र म पात्र भए पनी सिङ्गो समुदायको मुद्दा भएको हुँदा म न्यायको लागी कानुनी प्रक्रियामा गएको हो ।

    इनेस्पेक्टर मोति योन्जनका अनुसार आज पन्डित भिम प्रसाद आचार्यलाई नियन्त्रणमा लिएको र पीडित मिलन बिकले दिएको छुवाछूतको जाहेरी आज लिए पनि भोलि १० बजे दर्ता हुने बताएका छन् । पन्डित आज प्रहरी नियन्त्रणमा रहेको बताएका छन् । दुई पन्डितलाई जाहेरी दिए पनि अर्का एक जना भने सम्पर्क बिहिन छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.