• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सांस्कृतिक रुपान्तरणका लागि रवीन्द्रको चाहना अनुसार नै विद्याले काजकिरिया छोटाएकी हुन् ; राजकाजी

"संस्कृति मन्त्री हुँदा रवीन्द्रले नै राजनीतिसँगै संस्कृति रुपान्तरणको कदम चालेका थिए  "
  •      /७ मंसिर २०७६, शनिबार १०:३७ ,  प्रकाशीत
  • नेकपाका चुनावी कमाण्डर राजकाजी गुरुङ करणले सांस्कृतिक रुपान्तरणका लागि विद्याले काजकिरिया फरक तरिकाले गरेको बताएका छन् ।

    नेकपाको चुनावी घरदैलोका क्रममा शनिबार विहान भलाममा आयोजित कोणसभालाई सम्बोधन गर्दै करणले रवीन्द्रकै चाहना अनुसार विद्याले काजकिरिया फरक तरिकाले गरेको बताएका हुन् ।

    संस्कृति मन्त्री हुँदा रवीन्द्रले नै राजनीतिसँगै संस्कृतिपनि रुपान्तरण गर्नुपर्छ भनेर कदम चाल्नु भएको थियो,‘उनले भने,‘उहाँ संस्कृति सरल र सहज होस् भन्ने चाहनुहुन्थ्यो, संस्कृतिको नाममा कसैलेपनि दुःख नपाओस् भन्ने उहाँको चाहना थियो, त्यहि अनुसार उहाँले संस्कृति रुपान्तरण गर्ने प्रयास गरिरहनु भएको थियो, त्यसैले उहाँको चाहना अनुसारै विद्याले काजकिरिया गर्नु भएन, यसलाई अन्यथा लिनु भएन ।’

    कांग्रेसले आफूले हार्ने देखेर विद्यालाई काजकिरिया गरेन भनेर अनर्गन प्रचार र भ्रम छरिरहेको उनले बताए । जटिल हुँदा संस्कृतिप्रति वितृष्ण जाग्छ,‘उनले थपे,‘संस्कृतिलाई सरल र सहज बनाउँदा अनर्गल प्रचार गर्ने कांग्रेस आफै संस्कृतिबिरुद्ध छ भन्ने पुष्टी गर्छ ।’

    कास्की २ को उप निर्वाचनमा नेकपाबाट उम्मेद्वार बनेकी विद्या भट्टराई अधिकारीले महिलालाई सीप र प्रविधीसँग जोडेर समृद्धी खोज्ने बताएकी छन् । चुनावी घरदैलोका क्रममा भलामको पिपलडालीमा आयोजित कोणसभामा बोल्दै उनले देशको विकास र समृद्धीमा महिलाको भूमिका उत्तिकै हुने भएकाले उनीहरुलाई सीप र प्रविधीसँग जोड्नुपर्नेमा जोड दिएकी हुन् ।

    महिलालाई सीप र प्रविधीसँग जोड्नका लागि म नेतृत्वदायी भूमिका खेल्छु,‘उनले भनिन्,‘महिला दिदीबहिनीहरुलाई सीप र प्रविधीसँग जोड्न अत्यन्त आवश्यक छ, त्यसबाट मात्रै देशको विकास र समृद्धी सम्भव छ ।’नेकपा उम्मेद्वार विद्याले कास्की २ मा आफूलाई जिताएर महिला नेतृत्व स्थापित गर्ने अवसर सदूपयोग गर्न आग्रह गरिन् ।

    आज सरसर्ती हेर्दा विद्या उम्मेद्वार भएजस्तो लाग्छ,‘उनले भनिन्,‘तर त्यसो होइन, बरु कांग्रेस, कम्युनिष्टदेखि नया दललेसमेत विद्यालाई जिताएर महिला नेतृत्व स्थापित गर्ने यो सुवर्ण अवसर हो, यसलाई खेर फालियो भने महिला नेतृत्व स्थापित गर्ने अवसर गुम्छ, यसप्रति सबै दलका महिलाहरु सचेत हुन जरुरी छ ।’ उनले महिला जत्तिको ईमान्दार अरु कोहि नहुने भन्दै आफूलाई जिताएर पोखरा र समग्र कास्कीको विकासले फड्को मार्ने वातावरण सिर्जना गर्नुपर्ने बताइन् ।

    उम्मेद्वार विद्याले राजनीतिलाई विकाससँग नजोडेसम्म विकास र समृद्धी असम्भव भएकाले त्यसलाई जोड्ने काम आफूले गर्ने बताइन् । उनले महिला र पिछडिएाक वर्गहरुको सशक्तिकरणका लागि सरकारले अघि सारेका कार्यक्रमहरु प्रभावकारी कार्यान्वयनका लागि आफूले सकृयताका साथ भूमिका खेल्ने प्रतिबद्धता जनाइन् ।

    उनले भलाम–बेंसी–आँटी मौजा जोड्ने बाटो स्तरोन्नतीको काम शुरु भइसकेको बताउँदै यसलाई पूर्णता दिने काम आफूले गर्ने बताइन् कार्यक्रममा नेकपा पोखरा महानगर कमिटीका सचिव तथा नेकपाका पोखरा २० का चुनावी कमाण्डर विश्वप्रकाश लामिछानेले विद्यालाई जिताएर विकास र समृद्धीको यात्रालाई निश्कर्षमा पु¥याउनुपर्ने बताए ।

    भलामको नेकपा निर्वाचन सम्पर्क कार्यालय ¥यालेचौरबाट शुरु भएको चुनावी घरदैलो घारी, डाँडाघर, थानापतीहुँदै पिपलडालीमा पुगेर कोणसभामा परिणत भएको थियो । घरदैलोअघी विद्याले स्थानिय थानापती मन्दिरमा पूजा अर्चनासमेत गरेकी थिइन् ।

    सो अवसरमा उनले सबै धर्म र संस्कृतिलाई सँधै सम्मान गर्ने बताउँदै भलामको थानापती मन्दिर र शिव मन्दिरसहित अन्य सांस्कृतिक सम्पदा संरक्षणको लागि योजनाबद्ध ढंगले काम गर्ने प्रतिबद्धता जनाइन् ।

    यसैबीच, विद्यालाई जिताउन भन्दै युवाहरुले आज विहानै ¥याली निकालेका छन् । नेकपा उम्मेद्वार विद्यालाई जिताउन युवाहरुले आज चुनाव हुने ११ वटै वडामा ¥याली निकालेका हुन् ।

    पोखरा ८ मा पनि विहान सृजनाचोकबाट निस्केको ¥याली सभागृहचोक, चिप्लेढुंगा, मानवअधिकारचोक, बगालेटोल, जाल्पारोडहुँदै पुनः सृजनाचोकस्थित नेकपाको निर्वाचन परिचालन कार्यालय पुगेर कोणसभामा परिणत भएको थियो ।

    सो कोणसभामा बोल्दै नेकपाका केन्द्रीय सदस्य तथा पोखरा ८ का नेकपाका चुनावी कमाण्डर शारदाप्रसाद सुबेदीले कांग्रेसले बेथितिमा पु¥याएको देशलाई नेकपा नेतृत्वको सरकारले ट्रयाकमा ल्याएको बताए । कांग्रेसले देश अस्तब्यस्त पारेको थियो,‘उनले भने,‘नेकपाले बल्लबल्ल ट्रयाकमा ल्याएको छ, अब विकास र समृद्धी आउँछ ।’

    यसैबीच, रवीन्द्रको जन्मथलो भरतपोखरीमा नेकपाले घरदैलो गरेको छ । विद्यालाई जिताऔं भन्दै पोखरा ३३ को भरतपोखरी भगवतीचौतारादेखि मार्चपास (पैदलयात्रा) गरेको हो ।

    सो पदयात्रालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तथा नेकपा पोखरा ३३ का चुनावी कमाण्डर भीम कार्कीले दशकौं सत्तामा रहेर देश बिगार्ने कांग्रेसबाट केहिपनि आशा गर्न नसकिने बताए । उनले नेकपाका उम्मेद्वार विद्यालाई जिताएर देशको मुहार फेर्न आग्रह गरे ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.