• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

वृद्धभत्ता पाँच हजार पुर्‍याउँछौँ : मुख्यमन्त्री गुरुङ

  •      /८ मंसिर २०७६, आईतवार ०७:५४ ,  प्रकाशीत
  • गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अबको तीन वर्षभित्र वृद्धभत्ता ५ हजार पुर्याउने दाबी गर्नुभएको छ /लमजुङको सुन्दरबजार नगरपालिका–२, देउरालीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले वृद्धभत्ता बढाउने बताउनु भएको हो ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य, नेकपा गण्डकी प्रदेशका इञ्चार्जसमेत रहनुभएका गुरुङले समाजमा हेपिएर बसेकाहरुको सम्मान, संरक्षण र संवर्द्धन गर्ने कम्युनिष्ट पार्टीको सिद्धान्त रहेको बताउनुभएको छ ।

    ‘समाजमा हेपिएर बसेकाहरुको सम्मान, संरक्षण, संवर्द्धन गर्ने र सामाजिक न्यायको काम गर्ने कम्युनिष्ट पार्टीको सिद्धान्त हो,’ उहाँले भन्नुभयो ।

    ‘भत्ताको व्यवस्था हामीले नै गरेको हौँ । सुरुमा एक सय रुपैयाँबाट सुरु भएको वृद्धभत्ता पाँच सय, एक हजार, दुई हजार हुँदै अहिले तीन हजार रुपैयाँ पुगेको छ । यो पनि अरु कसैले होइन, हामीले नै गरेको हो ।

    त्यसैले कम्युनिष्टले वृद्धभत्ता ५ हजार पुर्याएन भनेर गफ लाउनुको कुनै तुक छैन,’ उहाँले भन्नुभयो, ‘अबको तीन वर्षभित्रमा भत्ता २ हजार रुपैयाँ थपेर ५ हजार रुपैयाँ पुर्‍याउन हामीलाई कसले छेक्न सक्छ ? हामी त्यो पुर्‍याएर छाड्छौँ ।’

    समाजमा रहेको ज्येष्ठ नागरिकको सम्मान गर्ने कम्युनिष्टको सिद्धान्त रहेको दोहोर्‍याउँदै उहाँले भन्नुभयो, ‘त्यसैले विश्वेश्वर, गिरिजा, कृष्णप्रसाद भट्टराई, शेरबहादुरले नदेख्नुभएको कुरा मनमोहन अधिकारीले देख्नुभएको हो ।’

    भेलामा नेकपाका केन्द्रीय, जिल्लाका सातै स्थानीय स्तरका नेता तथा कार्यकर्ताको उलेख्य उपस्थिति रहेको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.