• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

देउवालाई सञ्चारमन्त्रीको जवाफ : हामीले पनि गम्भीर प्रश्न उठाउनुपर्ने बेला भयो

"ओलीको संलग्नता रहेको भन्नेहरूले कसरी भयो भन्ने कुरा प्रमाणसहित पेश गर्नुपर्ने  "
  •      /८ मंसिर २०७६, आईतवार ११:४९ ,  प्रकाशीत
  • सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कांग्रेस सभापति शेरबहादुर देउवालाई सम्हालिएर बोल्न चेतावनी दिएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीसँगै सल्लाह गरेरै भारतले कालापानी र लिपुलेक समावेश गरिएको नयाँ नक्सा सार्वजनिक गरेको आरोप देउवाले लगाएका थिए । सञ्चारमन्त्री बाँस्कोटाले यस्तो आरोप सैह्य नहुने बताउँदै सम्हालिएर बोल्न चेतावनी दिएका हुन् ।

    आइतबार पोखरामा पत्रकारसँगको भेटघाटमा बाँस्कोटाले ओलीमाथि लगाएको आरोप प्रमाणित गरेर देखाउन देउवालाई चुनौतीसमेत दिए । ‘उहाँले के आधारमा प्रधानमन्त्रीमाथि आरोप लगाउनुभयो त्यो मलाई थाहा भएन,’ बाँस्कोटाले प्रश्न गरे, ‘के उहाँले यो आरोप प्रमाणित गर्न सक्नुहुन्छ ?’

    उनले अब देउवाबारे पनि सरकारले प्रश्न उठाउने अवस्था आउन सक्ने चेतावनी दिए । ‘उहाँले सत्य बताउनुभएको नै हो भने उहाँको विषयमा पनि हामीले गम्भीर प्रश्न उठाउनुपर्ने भयो ।’

    भारतको नयाँ नक्सा बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको संलग्नता रहेको भन्नेहरूले कसरी भयो भन्ने कुरा प्रमाणसहित पेश गर्नुपर्ने उनको भनाइ छ । १४ मंसिरमा हुन लागेको कास्की– २ को उपनिर्वाचनको चुनावी सभालाई सम्बोधन गर्न शनिबार पोखरा पुगेका देउवाले भारतले हालै बनाएको नयाँ राजनीतिक नक्सामा ‘कालापानी र लिपुलेक’ प्रधानमन्त्री केपी शर्मा ओलीको सहमतिमा राखिएको बताएका थिए ।

    सोही आरोपको खण्डन सञ्चारमन्त्री बाँस्कोटाले आइतबार पोखरामा नै गरेका हुन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.