• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा हुने साग खेलमा प्राबिधिक सहितको जम्वोटोली आउदै

  •      /८ मंसिर २०७६, आईतवार १२:०७ ,  प्रकाशीत
  • १३ औँदक्षिण्एशियाली खेलकुदप्रतियोगिता ( साग ) को लागि ४ सय ९१ जना प्राविधिक तथा अफिसियल पोखरा आउने भएकाछन् ।

    मंसीर १५ गते देखि आयोजनाहुने सागको खेल संचालनका लागि पोखरा आउने भएका छन । पोखरामा हुने विभिन्न ८ खेलकालागि ४ सय ९१ जना प्राविधिक अफिसियल आउने भएका हुन ।

    पोखरामा हुने खेलहरुको लागि टेक्निकल प्रतिनिधी ८ जना, टुर्नामेन्ट डाइरेक्टर २४ जना, सहायक टुर्नामेन्ट डाइरेक्टर र जुरी कमिटिका ४४ जना, रेफ्रि तथाजज ८५ जना, राष्ट्रिय रेफ्रि एक सय ३६ जना, टेक्निकल सहायक एक सय ९४ जना गरी ४ सय ९१ जना खेल संचालनको लागि टेक्निकल टोलीपोखरा आउने भएकाहुन ।

    पोखरामा हुने महिलाक्रिकेटको लागि६२ जनाको प्रविधिक अफिसियल, महिला फुटबलको लागि ५० जना, आर्चरीको लागि ५३, ब्याडमिन्टनको लागि ९४, ह्याण्बलको लागि ५९, विच भलिबलको लागि ६५, भारोत्तोलनको लागि ६८ र ट्राइयाथोलनको लागि ४० जनाको टेक्निकल अफिसियल आउने भएका हुन ।

    सागको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय टेक्निकल टोली समेत पोखरामा खेल संचानलका लागि आउँदै छन । पोखरामा हु्ने प्रतियोगिताको लागिअहिले पोखरा रंगशालालाई सजाउने काम समेत निकै अघिबढेको छ ।

    रंगशालाको मुख्य प्रवेशद्घार देखि नै सजावटको काम अघि बढीरहेको बेला सजावटको कामलाई प्राथमिकतामा राखेर कामहरु अघि बढाएको राखेप सदस्य राजेश गुरु«ङले बताए ।

    पोखरा रंगशालामा अहिले पुर्वाधार निमार्णको कार्य तिव्रताका साथ अघि बढेको छ । सागआउन ६ दिन मात्र बाकिँ रहेको बेला रंगशालाभित्र रहेको पुर्वाधारहरुमा रंगरोगन गर्ने देखि लिएर अव्यवस्थित रहेको खाली जग्गालाई समेत सम्याउने देखि गार्डेन बनाउने सम्मका कामहरु भएका छन ।

    पोखरामा साग संचालनगर्नको लागि व्यवस्थापन देखि लिएर अतिथि सत्कारको लागि समेत सम्पूर्ण तयारी अन्तिम चरणमापुगेको छ । रंगशाला छिर्ने मुख्यद्धारको दुवै छेउमा फुलहरु समेत राखिएको छ ।

    पोखरामा मंसीर १६ गते हुने विदेशी खेलाडी तथा पाहुँनालाई भव्य स्वागतको कार्यक्रम समेत रहको छ ।

    समारोह समिति अन्तरगत रहेको झाँकी व्यवस्थापन समितिले पंसीर १६ गते गण्डकी प्रदेश भित्र रहेका विभिन्न जातजातीहरुको जातीय पोशाक सहित झाँकी सहितको प्रदर्शन गरि भव्य रुपमा खेलाडी तथा पाहुँनालाई स्वागत गर्ने कार्यक्रम रहेको उक्त समितिका संयोजक निरज थापाले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.