गरिमा विकास बैंकद्धारा विन्ध्यबासिनी माविलाई कम्प्युटर हस्तान्तरण
/८ मंसिर २०७६, आईतवार १२:२५ , प्रकाशीत
गरिमा विकास बैंक लिमिटेडद्धारा स्थापनाको १३ औं बार्षिकोत्सवको उपलक्ष्यमा विन्ध्यबासिनी मावि बाटुलेचौरलाई ई–लाईब्रेरी संचालनको लागि ६ थान कम्प्युटर हस्तान्तरण गरेको छ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बैकका अध्यक्ष चन्द्रकान्त बराललले शनिबार एक कार्यक्रमको आयोजनागरी विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यलाई हस्तान्तरण गरेका हुन् ।
बैंकका अध्यक्ष चन्द्रकान्त बरालले समयको माग अनुसार प्रविधिको माध्यमबाट विद्यार्थीहरुले पुस्तक तथा सामाग्रीहरु अध्ययनका लागि आवश्यक कम्प्युटर सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका सदस्य गुरुदत्त भट्टराईले बैंकले आगामी बार्षिकोत्सवहरुमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिई पिछडिएका अन्य विद्यालयहरुलाई समेत सहयोग गर्न आग्रह गरे । सो अवसरमा बैंकका संचालक कुञ्जराज थापा, पोखरा क्लस्टर प्रमुख भोलाप्रसाद तिवारी, विद्यालयका प्रअ कृष्णप्रसाद आचार्य, विद्यालयका सल्लाहकार बेनीबहादुर बस्नेत लगायतले आफ्ना भनाईहरु राखेको थिए ।
कार्यक्रममा बैंकका संचालक संजिव ढकाल, पोखरा क्षेत्रका शाखा प्रमुखहरु, क्लस्टर कार्यालयका कर्मचारीहरु, बाटुलेचौर शाखाका कर्मचारीहरु लगायत अन्य कर्मचारीहरुको उपस्थिति थियो ।
त्यसैगरी विद्यालयका तर्फबाट विद्यालय व्यवस्थपन समितिका सदस्यहरु, अभिभावक संघका सदस्यहरु, सल्लाहकारहरु, शिक्षक शिक्षिकाहरु, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

Related