• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्वतमा ७ प्रतिशत सुन्तला उत्पादन बढ्ने

  •      /८ मंसिर २०७६, आईतवार १४:१३ ,  प्रकाशीत
  • पर्वत जिल्लाको मुख्य निर्यातजन्य वस्तुको रूपमा रहेको सुन्तलाको उत्पादन यसवर्ष सात प्रतिशतले वृद्धि हुने भएको छ । जिल्लामा गत वर्ष ३ हजार ४ सय मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यस वर्ष सात प्रतिशत बढीले वृद्धि हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।

    केन्द्रका अनुसार यो वर्ष झण्डै तीन हजार ६ सय ५० मेट्रिक टन सुन्तला उत्पादन हुने भएको छ । यसवर्ष अनुकूल मौसम, रोग किराको प्रकोप कम र असिनापानी लगायतबाट कुनै क्षति नभएकाले सुन्तला उत्पादन बढ्ने देखिएको केन्द्रका प्रमुख वासुदेव रेग्मीले जानकारी दिनुभयो ।

    जिल्लामा केही वर्षदेखि सुन्तला उत्पादन निरन्तर बढ्दै गएको छ । गत वर्ष पनि अघिल्लो वर्षको तुलनामा चार प्रतिशतले सुन्तलाको उत्पादन वृद्धि भएको थियो । पर्वतमा ७ सय ७० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत पर्वतको जलजला क्षेत्र र मोदी गाउँपालिकाका विभिन्न वडालाई सुन्तला क्षेत्रको रूपमा विकास गरिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.