राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश विजि निर्वाचित भएका छन्। पोखरामा भएको सातौँ केन्द्रिय महाधिवेशनमा उनले बिष्णु खत्रीलाई ३९ मतको अन्तरले पराजित गरेका हुन् ।
विजिले ५ सय ८४ मत ल्याएका थिए भने खत्रीले ५ सय ४५ मत प्राप्त गरेका छन् । यस्तै कोषाध्यक्षमा राजु ढकाल विजयी भएका छन् । उनले तारापती सुवेदीलाई पराजित गरेका हुन् । ढकालले ७ सय ३७ मत प्राप्त गरेका छन भने सुवेदीले ३ सय ७२ मत ल्याएका छन् ।
केही पदको लागि भने कलाकारहरु निर्विरोध चयन भएका थिए । वरिष्ठ उपाध्यक्षको लागि गायिका रीता थापामगर निर्विरोध निर्वाचित भएकी छिन् ।त्यस्तै, प्रथम उपाध्यक्षमा गायक पशुपति शर्मा निर्विरोध निर्वाचित भएका छन् । द्धितिय उपाध्यक्षमा रामजी खाँड चुनिएका छन्। महिला उपाध्यक्षको कोटामा गायिका राधिका हमाल निर्विरोध निर्वाचित भएकी छन् ।
महासचिव, उप महासचिव र सांगठनिक सचिव पदमा पनि कलाकारहरु निर्विरोध चुनिएका छन् । सुवास केसी प्रतिष्ठानको नयाँ सचिव बनेका छन् भने शंकर वीसी र शिव हमाल उप–सचिव निर्वाचित भएका छन् ।सांगठनिक सचिव तर्फ खुमन अधिकारी निर्विरोध भए । महिला सचिवको पदमा जमुना राना मगर निर्विरोध निर्वाचित भएकी छिन् ।
१३ सय ४८ जना कूल मतदाता रहेकोमा ११ सय ३७ मत खसेको थियो । अधिवेशन तीन दिन सम्म चलेको थियो ।

Related